यी हुन् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको निर्वाचनका उम्मेदवारहरु, संक्षिप्त जीवनीसहित

लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय पदाधिकारीहरूका लागि निर्वाचन यही जुलाई ७ र ८ मा निर्वाचन हुँदै छ । नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा विभिन्न स्रष्टाहरुले उम्मेदवारी दिएका छन् । अनेसासको आगामी हुने निर्वाचनमा निर्वाचन प्रक्रियामा समावेश उम्मेदवारहरुबाट अनेसास निर्वाचन समिति २०२६-२०२८ मा प्राप्त भएका उम्मेदवारहरुको संक्षिप्त चिनारी यस्तो रहेको छ । अध्यक्षका […]

नेपाली दूतावासमा सम्पन्न भयो ‘नेपाल-युके इकोनोमिक पार्टनरसिप फोरम २०२६’ [१७ तस्बिरहरु]

लन्डन । नेपाली दूतावासमा शुक्रबार ३ जुलाईमा ‘नेपाल-युके इकोनोमिक पार्टनरसिप फोरम २०२६’सम्पन्न भएको छ । नेपाल र बेलायतबीच व्यापार, लगानी, प्रविधि तथा आउटसोर्सिङ क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले जानकारी दिएका छन् । नेपाल र बेलायतका व्यवसायी, लगानीकर्ता, नीति निर्माता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रह्यो […]

सोंपाल समाज यूकेको कार्यक्रमका लागि नेपालबाट उडे गायक राजु गुरुङ

लन्डन । सोंपाल समाज यूकेको समर भेटघाट तथा बीबीक्यू कार्यक्रममा सहभागी हुन नेपालबाट नायक तथा गायक धर्मराज (राजु) गुरुङ शनिबार प्रस्थान गरेका छन् । यही ११ जुलाईमा वेम्बली ह्यारोमा दिउँसो १२ देखि राति ८ बजेसम्म हुने कार्यक्रमका लागि शनिबार ४ जुलाई २०२६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गायक राजु बेलायतका लागि उडेका हुन् । ‘सोंपाल समाज […]

राजकुमारी क्याथरिनद्वारा ‘थ्री पिक्स च्यालेन्ज’ पूरा

लन्डन। संयुक्त अधिराज्य (बेलायत) की राजकुमारी क्याथरिनले बेलायतका तीनवटा सबैभन्दा अग्ला हिमालहरू सफलतापूर्वक आरोहण गर्दै कठिन मानिने ‘थ्री पिक्स च्यालेन्ज” पूरा गरेकी छिन्। यो च्यालेन्ज अन्तर्गत २४ घण्टाभित्र इङ्गल्याण्ड, वेल्स र स्कटल्याण्डका सर्वोच्च शिखरहरू आरोहण गर्नुपर्ने हुन्छ। राजकुमारी क्याथरिनले क्यान्सर पीडितहरूको सहयोगार्थ सञ्चालित परोपकारी संस्थाका लागि आर्थिक कोष जुटाउने उद्देश्यले यो साहसिक यात्रा गरेकी हुन्। […]

विदेशस्थित नेपाली नियोग र राहदानी विभागको सेवा अस्थायी रूपमा बन्द हुने

काठमाडौँ । नेपाल सरकार परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले यही असार २९ गते हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको भएको छ । विभागले शुक्रबार एक सूचनामार्फत नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न आवश्यक तयारी गरिसकेको जनाएको हो । साथै हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला/ईलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा […]

बेलायतमा तामाङ फेस्टिभल लन्डन हुँदै, हालसम्म क-कसले कति दिए चन्दा ? (नामावली)

लन्डन । तामाङ समाज यूकेले आउँदो १ अगस्टमा आयोजना गर्ने ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’का लागि चन्दा संकलन भइरहेको छ । तामाङ समाज यूकेका अनुसार कार्यक्रम सफल पार्न बिहीबारसम्म ७ हजार ८ सयभन्दा बढी पाउन्ड संकलन भइसकेको छ । समाजसेवीहरुले ५० पाउन्डदेखि १ हजार पाउन्डसम्म फेस्टिभललाई दान गरेका छन् । हालसम्म प्राप्त चन्दाअनुसार सुनिता तामाङबाट […]

आधुनिक चिकित्सा प्रणालीभन्दा पनि उत्तम हो ‘साउण्ड हिलिङ’: श्री बालेश्वरी देवी [अन्तर्वार्ता]

श्री बालेश्वरी देवी एक अनुभवी साउण्ड हिलर हुनुहुन्छ। उहाँले काठमाडौँको लाजिम्पाटस्थित नेपाल हिलिङ तथा मेडिटेशन सेन्टर सञ्चालन गर्दै आउनुभएको छ भने हाल बेलायतमा पनि आफ्नो आध्यात्मिक तथा उपचार सेवा विस्तार गर्नुभएको छ। उहाँले भारतको वृन्दावनमा श्रीमद्भागवत कथा अध्ययन गर्नुभएको छ र निकट भविष्यमा कथा वाचन गर्ने तयारीमा हुनुहुन्छ। विगत पाँच वर्षदेखि साउण्ड हिलिङ सेवा प्रदान […]

बेलायतमा ५ जुलाईमा गायिका सोनी कुँवर क्षत्रीको अन्तिम सांगीतिक कार्यक्रम

लन्डन । चार महिनाभन्दा बढी समयदेखि बेलायत रहेकी गायिका सोनी कुँवर क्षत्रीको यही ५ जुलाईमा अन्तिम सांगीतिक कार्यक्रम हुँदैछ । आइतबार बेलुका ७ बजे ठमेल दोहोरी तथा ढिडो घर अल्डरसटमा अन्तिम सांगीतिक भेटघाट तथा बिदाइ कार्यक्रम हुन लागेको हो । गायिका सोनीले आफ्नो बिदाइ कार्यक्रममा उपस्थित हुन बेलायतवासी नेपालीलाई अनुरोध गरेकी छन् । ‘युकेको ४ […]

सम्झनामा पारिजात [कविता]

जब सडक पेटीका ज्याकारन्ड फूलहरू निलाम्य फूलेर वसन्त आएको सन्देश दिन्छन् तब अँध्यारो रातको शान्त छायाँमा अझै पारिजात ब्युँझिरहेझैं लाग्छ पूरा वातावरण फूलको सुगन्धले सुगन्धित भएर, कतैबाट पुरानो समयले चिहाइरहेझैं लाग्छ ती सम्झनाको गहिरो छापले हावा पनि भारी भएझैं लाग्छ बगैंचाका सबै रङहरू किन किन फिका भएझैं लाग्छ । म हेरिरहन्छु त्यतैतिर… ती राता-निला फूलहरू […]

मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका सचिव दिलीप श्रीस मगर बेलायत आए

लन्डन । मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका सचिव दिलीप श्रीस मगर बेलायत आएका छन् । १ जुलाई २०२६ मा लन्डन आइपुगेका सचिव दिलीपलाई मगर संघ यूकेका उपाध्यक्ष गुमान सिंह थापा, ट्रष्टी छविमाया पुन लगायतले हिथ्रो एयरपोर्टमा स्वागत गरे । दिलीप बागलुङे समाज यूकेको वार्षिक कार्यक्रममा सहभागी हुन बेलायत आएका हुन् । ‘म लन्डन ओर्लिइसकेको छु […]

फेरि बेलायत आइन् लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी

लन्डन । लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी फेरि बेलायत आएकी छन् । उनी १ जुलाई २०२६ राति लन्डनस्थित हिथ्रो एयरपोर्ट ओर्लिएकी हुन् । उनलाई बेलायतमा शालीग्राम डीसी, सरु घिमिरेलगायत आफन्तजनले स्वागत गरेका छन् । ‘छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ की विजेता डल्लाकोटी पछिल्लो समय लाइभ दोहोरीमा चर्चा कमाइरहेकी छन् । उनी केही […]

लन्डन दूतावासमा शुक्रबार ‘नेपाल-युके इकोनोमिक पार्टनरसिप फोरम २०२६’ हुने

लन्डन। नेपाली दूतावासमा शुक्रबार ३ जुलाईमा ‘नेपाल-युके इकोनोमिक पार्टनरसिप फोरम २०२६’ हुने भएको छ। नेपाल र बेलायतबीच व्यापार, लगानी, प्रविधि तथा आउटसोर्सिङ क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले कार्यक्रम हुन लागेको बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले जानकारी दिएका छन् । नेपाल र बेलायतका व्यवसायी, लगानीकर्ता, नीति निर्माता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। कार्यक्रममार्फत […]

error: Content is protected !!