प्रमुख समाचार

नेपालका पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई थप दुई दिन थुनामा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतका

गैरआवासीय नेपालीको पुँजी, सीप र अनुशासनलाई नेपालको आर्थिक विकासमा उपयोग गर्छौं : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गैरआवासीय नेपालीको पुँजी, सीप र अनुशासनलाई नेपालको आर्थिक विकासमा उपयोग गर्ने बताएका छन् । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा बिहीबार दलीय आधारमा बोल्दै सभापति लामिछानेले उक्त धारणा

भूपू गोर्खाहरूको नेपाली नागरिकता कायम राख्न सांसद राईको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले भूपू गोर्खाहरूको नेपाली नागरिकता कायम राखेर नागरिकको दर्जामा राख्न माग गरेका छन् । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै सांसद राईले उक्त माग अघि सारेका

सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परे व्यवसायी दिपक भट्ट

काठमाडौँ । प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दिपक भट्टलाई नियन्त्रणमा लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले बिहीबार काठमाडौँको गैरीधारा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई रिहा गर्न नेकपा एमालेको माग

काठमाडौं । प्रतिनिधिसभा पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गरेको छ । बिहीबार बसेको बैठकमा एमाले सांसद गुरु

नेपालमा प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रारम्भ

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो अधिवेशन प्रारम्भ भएको छ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा प्रतिनिधिसभा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह, मन्त्रिपरिषद्का सदस्य,

गृहमन्त्री सुधन गुरुङद्वारा पशुपति मन्दिरको दर्शन तथा पूजाअर्चना

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ । आज बिहान पशुपतिनाथ मन्दिर पुगेर विधिपूर्वक पूजाअर्चना गर्नुका साथै मन्दिर क्षेत्रको समग्र अवलोकन गर्नुभएको हो । उहाँ गृहमन्त्री नियुक्त भएपछि पहिलोपटक पशुपतिनाथ

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, जनधनमा क्षति

मनाडो । पूर्वी इन्डोनेसियाको मोलुक्का सागर क्षेत्रमा बिहीबार बिहान शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा एक जनाको ज्यान गएको छ भने भवनहरूमा क्षति पुग्नुका साथै सर्वसाधारण त्रसित बनेर सडकमा निस्किएका छन् । प्रारम्भिक रूपमा सुनामीको

नेपालमा सुरु भयो एसइई परीक्षा

काठमाडौँ । नेपालमा बिहीबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गरिएको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीका

मार्चमा एक लाख २० हजार पर्यटक नेपाल भित्रिए

काठमाडौँ । सन् २०२६ को मार्चमा एक लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डद्वारा सार्वजनिक तथ्याङ्कअनुसार मार्चमा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि

नेकपा (एमाले) संसदीय दलको नेतामा रामबहादुर थापा चयन

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संघीय संसदीय दलको नेतामा रामबहादुर थापा चयन भएका छन् । दलको विधान २०७७ को दफा ६ बमोजिम सम्पन्न चयन प्रक्रियाअनुसार थापाको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध रूपमा दलको

नेपालमा गुरुङ गृहमन्त्री बनेपछि पक्राउ परे पूर्वप्रधानमन्त्री, सांसददेखि सीडीओसम्म

लन्डन १ अप्रिल २०२६ । नेपालमा सुधन गुरुङले गृहमन्त्रालयको नेतृत्व सम्हालेपछि राज्यका उच्च ओहदामा पुगेका पूर्वप्रधानमन्त्री, सांसददेखि सीडीओसम्मका व्यक्तिहरु पक्राउ परेका छन् । चैत १३ मा गृहमन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ लिएका गुरुङले मन्त्रिपरिषद्को

error: Content is protected !!