हार्दिक बधाई तथा शुभकामना: मेजर कृष्ण गुरुङ
पोखरेली मञ्च यूकेद्वारा ‘पीपल नेपाल कप टी–२०’ र ‘नेपाल क्याम्प–२०२६’ आयोजना हुने

बिक्रम भट्टराई – लण्डन पोखरेली मञ्च यूकेले खेलकुद र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष ‘९औं पीपल नेपाल कप टी–२० क्रिकेट’ र ‘नेपाल क्याम्प–२०२६’ आयोजना गर्ने भएको छ। मञ्चले यी दुवै कार्यक्रममा सहभागी हुन बेलायतस्थित सम्पूर्ण नेपाली समुदायलाई आह्वान गरेको छ। क्रिकेट प्रतियोगिता आगामी जुलाई ५, ८ र १२ तारिखका दिन रिडिङ क्रिकेट क्लब, […]
तनहुँ समाज युकेको १९औं वार्षिक भेटघाटमा प्रेम राजा महतको विशेष प्रस्तुति हुने

महेन्द्र आले – लण्डन तनहुँ समाज युकेको गत ५ अप्रिल २०२६ आइतबार बसेको कार्यसमितिको बैठकले आफ्नो १९औं वार्षिक भेटघाट तथा बीबीक्यू (BBQ) कार्यक्रम भव्य रूपमा आयोजना गर्ने निर्णय गरेको छ। यस वर्षको कार्यक्रममा वरिष्ठ लोकगायक प्रेम राजा महत, प्रख्यात महिला फुटबल खेलाडी अस्मिता आले र सुटिङतर्फ ‘किङ्स मेडल’ विजेता कर्पोरल निश्चल थापालाई विशेष अतिथिका रूपमा […]
तनहुँ समाज यूकेको १९औँ वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रम ८ अगस्टमा

लन्डन । तनहुँ समाज यूकेको १९औँ वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रम आगामी ८ अगस्टमा हुने भएको छ । विभिन्न चर्चित कलाकारहरुको साथमा भेटघाट तथा बीबीक्यू कार्यक्रम हुन लागेको समाजका अध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए । अल्डरसटस्थित अल्डरवुड लेजर सेन्टरमा हुने कार्यक्रममा लोकगायक प्रेमराजा महत, समाजका कौराहा गुरु मोहन वीर थापा र उनको टिमले लाइभ कौराहा […]
बेलायतबाट नेपाल पुगेकी साहित्यकार लिम्बु फेदेनमा कविता सुनाउँदै

लन्डन । बेलायतबाट नेपाल पुगेकी साहित्यकार शान्ति लिम्बुले फेदेनमा कविता सुनाउने भएकी छन् । याक्थुङ लेखक संघको आयोजनामा यही चैत २८ मा पाँचथरको फेदेनस्थित होटल अजि:मामा साहित्यकार लिम्बुको एकल कविता वाचन हुन लागेको हो । उनले ‘थेम्सको लहरमा तमोरको स्पर्श’ शीर्षकमा कविता वाचन गर्नेछिन् । पाँचथर समाज सेवा यूकेकी पूर्वअध्यक्षसमेत रहेकी शान्तिले सम्पूर्ण स्रस्टाहरु एवं […]
भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह

तेहरान । इरानस्थित भारतीय दूतावासले दूतावाससँगको समन्वयमा भारतीय नागरिकहरूलाई इरानबाट तुरुन्त बाहिरन आवाह्न गरेको छ । दूतावाससँग पूर्व परामर्श र समन्वयबिना अन्तर्राष्ट्रिय सीमामा पुग्ने प्रयास नगर्न सुझाव दिदै दूतावासका आपतकालीन नम्बरहरू समेत सार्वजनिक गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताको युद्धविरामको घोषणा गर्दै र इरानको १० बुधे प्रस्ताव वमोजिम इरानमाथि बम विस्फोट र […]
अनिल थापा मगरले चेरीउड वार्डमा मनोनयन दर्ता

प्रस्तुति: चिम्खोले काईला – बेलायत। आगामी मे ७ मा हुने बेलायतको स्थानीय निर्वाचनमा रसमर बरो काउन्सिल, चेरीउड वार्ड फार्नबरोको काउन्सिलर पदका लागि मगर संघ युकेका सचिव अनिल थापा मगरले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ। रशमोर बरो काउन्सिलसँग लामो समयदेखि निकट रहेर कार्य गर्नुभएका थापा मगरसँग क्षेत्रीय कानून, विकास र सामुदायिक क्षेत्रको गहिरो अनुभव र ज्ञान […]
बेलायतलगायत विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूद्वारा प्रधानमन्त्री शाहसँग भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूले बुधबार सामूहिक शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनीहरूले प्रधानमन्त्री शाहसँग भेट र संवाद गरेका हुन् । सो अवसरमा भारत, पाकिस्तान, दक्षिण कोरिया, संयुक्त अधिराज्य बेलायत, कतार, स्विट्जरल्याण्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, […]
मेजर कृष्ण गुरुङ क्विन्स गोर्खा सिग्नल्स एसोसियन युकेको अध्यक्षमा निर्वाचित

बेलायत – मेजर कृष्ण गुरुङ क्विन्स गोर्खा सिग्नल्स एसोसिएसन युकेको अध्यक्षमा निर्वाचित हुनुभएको छ। गत शनिबार, ४ अप्रिल २०२६ मा बेलायतको नर्थहोल्टस्थित नर्थहोल्ट कम्युनिटी सेन्टरमा सम्पन्न संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशनले उहाँलाई नयाँ नेतृत्व चयन गरेको हो। एसोसिएसनका सचिव किरण लिम्बुले सञ्चालन गर्नुभएको उक्त साधारण सभाको सभापतित्व मेजर नविन्द्र विक्रम गुरुङ (MBE) ले गर्नुभएको […]
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंका दुई अधिकारीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान विभागको पत्रका आधारमा पूर्वप्रधानमन्त्री देउवा र पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी उनकी पत्नी आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । स्रोतका अनुसार मंगलबार न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले पक्राउ अनुमति दिएको हो । […]
अमेरिका – इरान युद्धविराम निर्णायक वार्ता पाकिस्तानमा

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले मध्यपूर्व युद्धविरामको घोषणा पछि यस हप्ताको अन्त्यमा पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामाबादमा स्वागत गर्ने बताउनुभएको छ । उहाँले दुवै देशको नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै विवाद समाधानार्थ निर्णायक वार्ता गर्न सन् २०२६ अप्रिल –१० शुक्रबार इस्लामाबादमा उनीहरूको प्रतिनिधिमण्डललाई सामाजिक सञ्जाल एक्समार्फत आमन्त्रित गर्नुभएको छ । पछिल्लो समयमा अमेरिकी राष्ट्रपति […]
नेपालका प्रधानमन्त्रीसँग विभिन्न मुलुकका राजदूतहरूको सामूहिक भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित विभिन्न मुलुकका राजदूतहरूले सामूहिक रूपमा भेट गर्दै छन् । भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार दिउँसो हुनेछ । परराष्ट्रमन्त्री शिशिर खनालसहितको उपस्थितिमा हुने सामूहिक भेटमा प्रधानमन्त्रीले राजदूतहरूलाई सङ्क्षिप्त रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, […]