लन्डन । तनहुँ समाज यूकेको १९औँ वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रम आगामी ८ अगस्टमा हुने भएको छ ।
विभिन्न चर्चित कलाकारहरुको साथमा भेटघाट तथा बीबीक्यू कार्यक्रम हुन लागेको समाजका अध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए । अल्डरसटस्थित अल्डरवुड लेजर सेन्टरमा हुने कार्यक्रममा लोकगायक प्रेमराजा महत, समाजका कौराहा गुरु मोहन वीर थापा र उनको टिमले लाइभ कौराहा नृत्य प्रस्तुत गर्नेछन् ।
यस्तै कलाकारहरू मनसुदन थापा, पवन राना, प्रकाश थापा, नायिका तथा मोडल सविता (नाना) राना, चारघरे चेली समूहलगायत कलाकारको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा राफल ड्र गरिनेछ । उच्च शिक्षा हासिल गरेका बाबुनानी तथा विभिन्न सामाजिक तथा संस्थागत क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ । कार्यक्रममा उपस्थित हुन अध्यक्ष गुरुङले अनुरोध गरेका छन् ।






