पोखरेली मञ्च यूकेद्वारा ‘पीपल नेपाल कप टी–२०’ र ‘नेपाल क्याम्प–२०२६’ आयोजना हुने

SHARE:

बिक्रम भट्टराई – लण्डन

पोखरेली मञ्च यूकेले खेलकुद र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष ‘९औं पीपल नेपाल कप टी–२० क्रिकेट’ र ‘नेपाल क्याम्प–२०२६’ आयोजना गर्ने भएको छ। मञ्चले यी दुवै कार्यक्रममा सहभागी हुन बेलायतस्थित सम्पूर्ण नेपाली समुदायलाई आह्वान गरेको छ।

क्रिकेट प्रतियोगिता आगामी जुलाई ५, ८ र १२ तारिखका दिन रिडिङ क्रिकेट क्लब, सोनिङ लेन (RG4 6ST) मा आयोजना हुनेछ। ‘पीपल’ (Peepal) मुख्य प्रायोजक रहेको यस प्रतियोगिता पोखरेली मञ्च यूकेका निवर्तमान अध्यक्ष करम गुरुङको संयोजकत्व तथा स्पोर्ट्स कोअर्डिनेटर प्रकाश गुरुङ र विनय पुनको सह–संयोजकत्वमा सञ्चालन हुनेछ।

यसैगरी, विगतमा “Hike for Nepal” सँगको संयुक्त सहकार्यमा सञ्चालन हुँदै आएको कार्यक्रमलाई यस वर्षदेखि परिमार्जन गर्दै पोखरेली मञ्च यूकेको एकल आयोजनामा “नेपाल क्याम्प–२०२६” सञ्चालन गरिने भएको छ। मञ्चका उपाध्यक्ष शेरा गुरुङको संयोजनमा हुने उक्त क्याम्प आगामी जुलाई २४ देखि २६ तारिखसम्म बेलायतको बाथस्थित म्यानर फार्म, अप्टन चेनी, ब्रिस्टल (BS30 6NQ) मा आयोजना गरिनेछ। नितान्त पारिवारिक वातावरणमा सञ्चालन हुने यस कार्यक्रममा विशेषगरी बेलायतमा हुर्किरहेका नेपाली बालबालिकाका लागि विभिन्न सिर्जनात्मक, सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिनेछन्। यसपटकको क्याम्पिङमा सहभागीहरूका लागि अतिरिक्त आकर्षणको रूपमा ‘हाम्रो डबली बेलायत’ को लाइभ सांगीतिक साँझ समेत रहनेछ।

मञ्चको हालै सम्पन्न बैठकले सांगठनिक रूपमा पनि केही महत्त्वपूर्ण निर्णयहरू गरेको छ। मार्च २२ मा बाथस्थित ‘याक एण्ड यति’ रेस्टुरेन्टमा अध्यक्ष गंगा गुरुङ (पवित्र गुरुङ) को सभापतित्वमा बसेको बैठकले मञ्चको महासचिवमा विक्रम भट्टराई र सदस्यमा हङकङ युकेका पूर्व अध्यक्ष प्रेम गुरुङ (बेजिङ्स्टोक) लाई नियुक्त गरेको छ। मञ्चले विगतदेखि सञ्चालन गर्दै आएका कार्यक्रमहरूलाई नयाँ शैलीमा निरन्तरता दिने निर्णय समेत गरेको छ।

पोखरेली मञ्च यूकेले यी कार्यक्रममार्फत बेलायतस्थित नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्दै खेलकुद, संस्कार र पारिवारिक मूल्यलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!