मेजर कृष्ण गुरुङ क्विन्स गोर्खा सिग्नल्स एसोसियन युकेको अध्यक्षमा निर्वाचित

SHARE:

बेलायत – मेजर कृष्ण गुरुङ क्विन्स गोर्खा सिग्नल्स एसोसिएसन युकेको अध्यक्षमा निर्वाचित हुनुभएको छ। गत शनिबार, ४ अप्रिल २०२६ मा बेलायतको नर्थहोल्टस्थित नर्थहोल्ट कम्युनिटी सेन्टरमा सम्पन्न संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशनले उहाँलाई नयाँ नेतृत्व चयन गरेको हो।

एसोसिएसनका सचिव किरण लिम्बुले सञ्चालन गर्नुभएको उक्त साधारण सभाको सभापतित्व मेजर नविन्द्र विक्रम गुरुङ (MBE) ले गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष प्रिती नारायण राईले स्वागत मन्तव्य राख्दै पल्टन (क्विन्स गोर्खा सिग्नल्स) को प्रगति विवरण प्रस्तुत गर्नुभयो। उहाँका अनुसार हाल ७ वटा स्क्वाड्रनहरू सेवारत रहेको र थप एउटा स्क्वाड्रण स्थापना हुने क्रममा रहेको छ।

सभामा कोषाध्यक्ष महेन्द्र राईले आर्थिक प्रतिवेदन र पब्लिक रिलेसन अफिसर लेफ्टिनेन्ट थम प्रसाद गुरुङले बेलायतमा बसोबास गर्ने पल्टनका सदस्यहरूको जनसांख्यिक सर्वेक्षण प्रतिवेदन पेश गर्नुभयो। प्रतिवेदन अनुसार हाल बेलायतमा ४८५ सदस्यहरू आबद्ध छन्। साथै, धरानस्थित गोर्खा मेमोरियल पार्कमा क्विन्स गोर्खा सिग्नल्सको प्रतीक (ब्याज) निर्माणका लागि सदस्यहरूबाट १५ लाख रुपैयाँ संकलन गरी सहयोग गरिएको जानकारी दिँदै उहाँले सबैप्रति आभार व्यक्त गर्नुभयो। निवर्तमान अध्यक्ष मेजर नविन्द्र विक्रम गुरुङले आफ्नो कार्यकालका गतिविधिबारे प्रकाश पार्दै कार्यसमिति र सल्लाहकारहरूलाई धन्यवाद दिनुभयो।

अधिवेशनको दोस्रो चरणमा क्याप्टेन मोतिलाल थापाको संयोजकत्वमा गठित निर्वाचन समिति (सदस्यहरू: लेफ्टिनेन्ट थम प्रसाद गुरुङ र खुम बहादुर घले) ले मेजर कृष्ण बहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरेको थियो।

पदभार ग्रहण गरेपछि नवनिर्वाचित अध्यक्ष मेजर कृष्ण गुरुङले उपस्थित अग्रज तथा सदस्यहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले संस्थापक अधक्ष्य, पूर्व अधक्ष्यहरू क्याप्टेन नर बहादुर पुन, मेजर चन्द्रु राई एवंम पूर्व पदाधिकारीहरू र कार्यसमितिको योगदानको प्रशंसा गर्दै पल्टनमा भर्ना भएदेखि हालसम्म सिनियर गुरुजी, अधिकृत र सकल दर्जाबाट पाएको सहयोगको स्मरण गर्नुभयो। एसोसिएसनको गरिमा बढाउन र सदस्यहरूबीचको सामिप्यतालाई अझ प्रगाढ बनाउन आफू प्रतिबद्ध रहने प्रण गर्दै उहाँले आगामी सेप्टेम्बरमा हुने पल्टनको जन्मोत्सव दिवसमा सहभागी हुन सबै सदस्यहरूलाई निमन्त्रणा समेत दिनुभयो।

क्विन्स गोर्खा सिग्नल्स सन् १९४८ को अन्त्य तिर वा १९४९ मा गठन भएको थियो। सुरुमा यसलाई “रोयल गोर्खा सिग्नल्स” भनिन्थ्यो भने पछि सन् १९५४ सम्म “गोर्खा रोयल सिग्नल्स” नामाकरण गरियो। २३ सेप्टेम्बर १९५४ देखि यस रेजिमेन्टलाई औपचारिक रूपमा “गोर्खा सिग्नल्स” भन्न थालियो र यसै दिनलाई पल्टनको जन्मदिनको रूपमा मनाउने गरिन्छ। २० अप्रिल १९७७ मा महामहिम रानीबाट ‘रोयल’ उपाधि प्राप्त भएपछि यो “क्विन्स गोर्खा सिग्नल्स” बन्यो।

मेजर कृष्ण २३ अक्टोबर १९७९ मा क्विन्स गोर्खा सिग्नल्समा आवद्ध भई ३२ वर्षको सेवा पश्चात १२ अक्टोबर २०११ मा सेवानिवृत्त (रिटायर्ड) भएका थिय।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!