देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

SHARE:

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौंका दुई अधिकारीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान विभागको पत्रका आधारमा पूर्वप्रधानमन्त्री देउवा र पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी उनकी पत्नी आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । स्रोतका अनुसार मंगलबार न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले पक्राउ अनुमति दिएको हो ।

योसँगै देउवा दम्पतीलाई फरार सूचीमा राखिएको छ । देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणका विषयमा छानबिन भइरहेको थियो ।

फागुन १३ मा देउवा सिंगापुर गएका थिए। त्यसअघि नै पत्नी आरजु भारत हुँदै सिंगापुर पुगेकी थिइन् । बीचमा दुवैजना उपचारका लागि हङकङ गएर सिंगापुर नै फर्किएका थिए । जेन-जी आन्दोलनपछि १० कात्तिकमा उनीहरु उपचारका लागि भन्दै सिंगापुर गएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!