बेलायतमा लुटपाट गर्न नेपाली सुनचाँदी पसलमा कार ठोक्काइयो

लन्डन । बेलायतमा नेपाली सुनचाँदी पसलमा कार ठोक्कार लुटपाट प्रयास गरिएको छ । साउथ ह्यारोस्थित जय श्रीकृष्ण ज्वेलर्समा शुक्रबार पसलको सटरमा कार ठोक्काएर गरगहना लुट्ने प्रयास भएको सञ्चालक ओम प्रकाश सुनार ज्वालाले जनाएका छन् । उनका अनुसार अलार्म जडित उक्त सुनचांदी पसलमा एक मिनेटभित्रै प्रहरी आइपुगेपछि दुईजना युरोपेली मुलुकका व्यक्ति गाडी छाडेर भागेका थिए । […]

भूतपुर्व गोर्खा कमल बहादुर गुरुङ BSc (Hons) काउन्सिलरमा निर्वाचित

लन्डन । बेलायतमा भूतपूर्व गोर्खा कमलबहादुर गुरुङ BSc (Hons) काउन्सिलरमा निर्वाचित भएका छन् । लेबर पार्टीबाट उम्मेदवार बनेका गुरुङ लन्डन बरो अफ बार्नेट बर्नटओक वार्डमा निर्वाचित भएका हुन् । शुक्रबार सार्वजनिक परिणामअनुसार १ हजार २७९ मत प्राप्त गरेका छन् । उनको यो दोस्रो बिजय हो। बेलायतमा मे ७ मा स्थानीय निर्वाचन भएको थियो  ।

बेलायत निवासी कवि शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ नेपालमा विमोचन

लन्डन । बेलायत निवासी कवि शान्ति लिम्बुको नयाँ कृति ‘थेम्सको लहरमा तमोरको स्पर्श’ नेपालमा विमोचन गरिएको छ । ओयाम सरोकार समाज काठमाडौंले शनिबार ललितपुरको तिखेदेवल-१४ स्थित दरबार रेस्ट्रो होटल एन्ड पार्टी भेन्यूमा आयोजित समारोहमा लेखक, साहित्यकार तथा विश्लेषक खगेन्द्र संग्रौला, चलचित्र निर्देशक नवीन सुब्बा, कवि विमला तुम्खेवा, समालोचक गुरुङ सुशान्त, कवि शान्ति लिम्बुलगायतले संयुक्त रुपमा […]

error: Content is protected !!