काठमाडौंमा सुरु भयो नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन

काठमाडौं । मगर समुदायको साझा अधिकारमुखी संस्था नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटन शुक्रबार कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने र उद्घाटन पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य बर्षमान पुनले गरेका हुन् । ‘ऐतिहासिक मगरात सभ्यता र प्राचीन संस्कार–संस्कृतिको जगमा मगरात दर्शन निर्माण गरौं, समृद्ध मगर समाज निर्माणको पक्षमा १३ औँ […]
चर्चित गायक दुर्गा गुरुङ नेपालबाट बेलायतका लागि प्रस्थान

लन्डन । चर्चित गायक दुर्गा गुरुङ नेपालबाट बेलायतका लागि प्रस्थान गरेका छन् । सांगीतिक भ्रमणका लागि गायक दुर्गा २२ मे शुक्रबार नेपालबाट प्रस्थान गरेको उनका दौतरी गायक तथा गीतकार रेमश गुरुङले जानकारी दिएका छन् । उनका अनुसार ६ महिनाका लागि यूकेबाट केहीदिनअघि भिसा आएपछि गायक दुर्गा यहाँ आउन लागेका हुन् । उनी तमु ल्होछार ताका […]
अमेरिकाविरुद्ध नेपालको १२२ रनको फराकिलो जित

कीर्तिपुर । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ दशमलव दुई ओभरमा १९५ रन बनाउँदा अलआउट भयो । अमेरिकालाई अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै […]
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा, विभिन्न भेटघाटका कार्यक्रम

लन्डन । संयुक्त अधिराज्य बेलायतका मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा गएकी छन् । उनी द्विपक्षीय सम्बन्ध थप सुदृढीकरण र आपसी साझेदारीका विषय अभिवृद्धिलगायत विषयमा छलफल गर्न नेपाल आएको नेपालस्थित बेलायती दूतावासले जनाएको छ । उनले आजै ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बिबिआई) र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आइआइएन) संस्थाका पदाधिकारीसँग भेटघाट गर्नुभएको दूतावासले जनाएको छ । बिबिआईले […]
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको १७ औं अभिव्यक्ति शृङ्खलामा साहित्यकार डा.चिम्खोले काइँला

लन्डन । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले १७ औं अभिव्यक्ति शृङ्खलाका लागि साहित्यकार डा.दुत बहादुर पुन (चिम्खोले काइँला)लाई मञ्च प्रदान गर्ने भएको छ । विगत लामो समयदेखि बेलायतमा साहित्य, पत्रकारिता साथै सामाजिक कार्यमा क्रियाशील रहेका पुनलाई मञ्च प्रदान गर्ने निर्णय गरिएको हो । यसवर्षको अभिव्याक्ति शृङ्खला आगामी २७ जुन २०२६ मा अल्डरसटस्थित एम्पायर हलमा आयोजना गर्न […]
तीन वर्ष नाघ्दा पनि लाइसेन्स नपाएपछि कलाकार बम्जनको आक्रोश

लन्डन । गायक तथा संगीतकार फूलकुमार बम्जनले नवीकरणका लागि दिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) तीन वर्ष बित्दा पनि नपाएपछि आक्रोश पोखेका छन् । सन् २०२३ मार्च २३ मा नवीकरणका लागि दिए पनि अहिलेसम्म लाइसेन्स नपाएपछि बम्जनले शुक्रबा सामाजिक सञ्जालमा दस्तुर तिरेको रसिद पोस्ट्याउँदै आक्रोश पोखेका हुन् । उनले लाइसेन्स बेलैमा नदिने अनि नागरिकलाई दु:ख […]
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा, नयाँ नेतृत्व चयन गरिने

काठमाडौं । नेपालको तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको साझा अधिकारमुखी संस्था नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन आज जेठ ८ (शुक्रबार ), ९ र १० गते काठमाडौंमा सुरु हुँदैछ । हाधिवेशनमार्फत नयाँ नेतृत्व चयनदेखि संगठनको भावी कार्यदिशासम्म तय गरिने संघले जनाएको छ । नेपाल मगर संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १३ औँ राष्ट्रिय […]