लन्डन । गायक तथा संगीतकार फूलकुमार बम्जनले नवीकरणका लागि दिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) तीन वर्ष बित्दा पनि नपाएपछि आक्रोश पोखेका छन् ।
सन् २०२३ मार्च २३ मा नवीकरणका लागि दिए पनि अहिलेसम्म लाइसेन्स नपाएपछि बम्जनले शुक्रबा सामाजिक सञ्जालमा दस्तुर तिरेको रसिद पोस्ट्याउँदै आक्रोश पोखेका हुन् । उनले लाइसेन्स बेलैमा नदिने अनि नागरिकलाई दु:ख दिनु नागरिकमाथि राज्य अपराध भइरहेको जनाएका छन् ।
‘सवारी चालक अनुमतिपत्र खोइ कति वर्ष लाग्ने हो । नेपालको यातयात मन्त्रालयको चरित्र अझै उस्तै छ । मेरो सवारी चालक अनुमतिपत्र २३ मार्च २०२३ मा रिन्यू गरेको अझै आएको छैन त । हाम्रो चोर लखेट्ने नयाँ सरकार मापसे चेकमा जाँड-रक्सी खानेहरु लखेटीलखेटी समात्ने ट्राफिक प्रहरी तिम्रो सरकारी बेइमानी हामीले सहनु पर्ने ? नागरिकमाथी राज्यअपराध हो कि हैन ?’
रास्वपा नेता वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेपछि २४ घण्टाभित्र लाइसेन्स दिइएको बताए पनि अझै नागरिकले सजिलो तरिकाले सेवा नपाएको गुनासो आइरहेका छन् ।






