बेलायतका रक्षामन्त्री जोन हिलीले राजिनामा दिएपछि जीटुजी वार्तालाई असर पर्न सक्ने संभावना

बेलायत – बेलायतका रक्षामन्त्री जोन हिलीले आज राजिनामा दिएका छन्। उनले राजिनामा दिएपछि ज़ीटुजी वार्तालाई असर पर्न सक्ने संभावना देखिएको छ। गत सोमवार ८ जुन २०२६ का दिन नेपाली राजदूतावास लण्डनमा भएको वार्ता अत्यन्तै सकारात्मक भएको र जुलाई महिनाको पहिलो अथवा दोस्रो हप्तामा पुन: वार्तामा बस्ने सहमति भएको थियो। बेलायतका प्रधानमन्त्री केइर स्टार्मर र अर्थ […]
बेलायतका रक्षामन्त्री जोन हेलीले दिए पदबाट राजीनामा

लन्डन । बेलायतका प्रधानमन्त्री केइर स्टार्मर र अर्थ मन्त्रालयले रक्षा मन्त्रालयको लगानीका लागि पर्याप्त स्रोत उपलब्ध गराउन नसकेको भन्दै रक्षा मन्त्री जोन हेलीले राजीनामा दिएका छन् । उनले स्टार्मरलाई राजीनामा पत्रमा लेखेका छन्, “अर्थ मन्त्रालय बजेट व्यवस्थापन गर्न अनिच्छुक देखिएको छ र बढ्दो खतराको यस समयमा राष्ट्रलाई रक्षा गर्न आवश्यक स्रोतहरू जुटाउने प्रतिबद्ध गर्न तपाईं […]
खड्ग गर्बुजा र शान्तिश्री परियारको स्वरमा नयाँ गीत ‘लाहुरे भेना’ सार्वजनिक

काठमाडौं । लोकप्रिय लोक तथा दोहोरी गायक खड्ग गर्बुजा र चर्चित गायिका शान्तिश्री परियारको स्वर रहेको नयाँ गीत ‘लाहुरे भेना’ सार्वजनिक भएको छ। मौलिक नेपाली लोकसंस्कृति र ग्रामीण परिवेशलाई समेट्ने प्रयास गरिएको उक्त गीत तथा भिडियो खड्ग गर्बुजाको आधिकारिक युट्युब च्यानलमार्फत हालै सार्वजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत खड्ग गर्बुजाकै रहेको छ भने संगीत […]
बेइमानी गरेको प्रमाण दिएमा सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनसम्बन्धी कर निर्धारणमा सूचना चुहावट गरेको पुष्टि गर्न चुनौती दिनुभएको छ । सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा उनले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने र बदनाम गर्ने प्रयास भइरहेको बताए । “दुई अर्ब होइन, दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस् । म अर्थमन्त्री र राजनीति मात्र होइन, सार्वजनिक […]
पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले फिर्ता गरे कार्यालयलाई ल्यापटप र मोबाइल

घलेभन्ज्याङ । नुवाकोट पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले ल्यापटप र मोबाइल कार्यालयलाई फिर्ता गरेका छन् । २०७४ सालमा पहिलो पटक तथा २०७९ सालमा दोस्रो पटक निर्वाचित भई आफ्नो २ कार्यकालको ९ वर्षको अवधिभरि आफूले कार्यालयबाट लिएको एक थान ल्यापटप र एक थान मोबाइल सेट जिन्सी शाखाका प्रमुख मछिन्द्र थापालाई हस्तान्तरण गरेका हुन् । आफ्नो २ […]
उत्तरी आयरल्याण्डको घटनापछि एनआरएनए यूकेले नेपालीहरूलाई भन्यो -संयमित र सतर्क रहौं [विज्ञप्तिसहित]

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतका विभिन्न स्थानहरूमा अशान्तिका घटनाहरू भइरहँदा अत्यन्त सतर्क रहन बेलायतस्थित नेपाली समुदायलाई आग्रह गरेको छ। एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै उत्तरी आयरल्याण्डलगायत युकेका केही क्षेत्रमा आप्रवासनसम्बन्धी विषयसँग जोडिएका तनाव तथा अशान्तिका घटनाहरू सार्वजनिक भइरहेका सन्दर्भमा बेलायतमा बसोबास, रोजगारी तथा व्यवसाय गरिरहेका सम्पूर्ण […]