तमु धीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङको परिवारले गरे गुम्बालाई ५० हजार सहयोग

लन्डन । तमु धीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ र आमा समूहकी पूर्वअध्यक्ष प्रेमा गुरुङ दम्पतीले गुरूङ (तमु) लामा बौद्ध धर्म समाजको केन्द्रीय कार्यालय गुम्बा भवन निर्माणको लागि ५० हजार रुपैयाँ सहयोग गरेका छन् । पुरानो ठेगाना पर्वत चारभञ्ज्याङ हाल यूके निवासी गुरुङका श्रीमान् श्रीमतीले उक्त सहयोग गरेको गुरूङ (तमु) लामा बौद्ध धर्म समाजका अध्यक्ष शिर […]

बेलायतमा छायांकन गरिएको ‘आकाशैको झिलमिल तारा’ कौराह गीत रिलिज

लन्डन । बेलायतमा छायांकन गरिएको ‘आकाशैको झिलमिल तारा’ कौराह गीत रिलिज भएको छ । निरा थापा मगर र मनसुधन थापा मगरको आवाजमा सजिएको गीत मनसुधन थापामगर र निरा थापा मगरकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतको शब्द/लय मनसुधन थापा मगरले गरेका सिर्जना गरेका हुन् । संगीत संयोजन सागर बिरही, भिडियो निर्देशन/छायांकन कुशल […]

नेपालकी एरिका गुरुङलाई एसियाली करातेमा कास्य पदक

लन्डन । नेपालकी एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार नेपाललाई कास्य पदक दिलाएकी छिन् । इन्डोनेसियाको बालीमा भइरहेको प्रतियोगितामा एरिकाले महिला ६८ किलो माथिको तौलसमूहमा नेपाललाइ कास्य पदक दिलाएकी प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा एरिकाले काजकिस्तानकी ताइसिया उल्टेलबायभालाई ११–२ अङ्कले हराइन् । यसअघि पहिलो चरणमा ‘वाइ’ पाएकी एरिकाले दोस्रो चरणमा भारतकी […]

बेलायत आइन् चर्चित लोकदोहोरी गायिका शर्मिला गुरुङ

लन्डन । चर्चित लोकदोहोरी गायिका तथा तमु गुरुङ कलाकार संघको निवर्तमान अध्यक्ष शर्मिला गुरुङ बेलायत आएकी छन् । सांगीतिक कार्यक्रमका लागि गायिका गुरुङ बिहीबार बेलायत आएकी हुन् । उनलाई हिथ्रो एयरपोर्टमा चन्द्र गुरुङ, प्यारी आले, रिता गुरुङ, ‘कौरा किङ’ दुर्गा गुरुङ, सुशील गुरुङ, माया गुरुङ, कृष्ण गुरुङ, गणेश गुरुङलगायतले स्वागत गरे । उनले स्वागत गर्न […]

बेलायतमा ११ जुलाईमा २१३औं भानु जयन्ती तथा ९५औं ईश्वर जयन्ती मनाइने

लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूके तथा नेपाल मुक्तक प्रतिष्ठान (नेमुप्र) यूकेको संयुक्त आयोजनामा आगामी ११ जुलाई शनिबार २१३औं भानु जयन्ती तथा ९५औं ईश्वर जयन्ती मनाइने भएको छ । Taste of Persia मा २१३औं भानु जयन्ती तथा ९५औं ईश्वर जयन्ती एवं सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार २०२६ सम्मान समारोह साथमा कृति विमोचन कार्यक्रम हुने अनेसास […]

बेलायतमा पूर्वगोर्खामाथिको आक्रमणप्रति रस्मोर बरोका काउन्सिल लिडरले गरे निन्दा

लन्डन । बेलायतमा पूर्वगोर्खामाथिको आक्रमणप्रति रस्मोर बरोका काउन्सिल लिडरले निन्दा गरेका छन् । अल्डरसटस्थित म्युनिसिपल पार्कमा बुधबार साँझ आयोजित सद्भाव कार्यक्रममा रस्मोर बरोका काउन्सिल लिडर ग्यारेथ विलियम्स, डेपुटी काउन्सिल लिडर सोफी पोर्टरलगायतले घटनाप्रति दु:ख व्यक्त गर्दै आक्रमणको निन्दा गरेका हुन् । उनीहरुले अपराधिक मानसिकताका एक व्यक्तिबाट भएको यो कार्यले स्थानीय सिंगो बेलायती समुदायको प्रतिनिधित्व नगर्ने […]

पूर्व ब्रिटिस गोर्खा कुवेरसिङ नेम्बाङको पार्थिर शरीर आज नेपाल लगियो

लन्डन । बेलायतमा निधन भएका पूर्व ब्रिटिस गोर्खा कुवेरसिङ नेम्बाङको पार्थिर शरीर अन्त्येष्टिका लागि आज शुक्रबार नेपाल लगिएको छ । लन्डनबाट नयाँ दिल्ली भारत हुँदै नेपालका लागि उडान भरिएको कुबेरसिङ नेम्बाङ लिम्बुका कान्छा छोरा गजेन्द्रराज नेम्वाङले जानकारी दिएका छन् । कुवेरसिङ नेम्बाङको शवको साथमा कान्छा छोरा गजेन्द्रराज र मन्तरी छोरी महेश्वरी नेम्बाङ नेपालतर्फ लागेका छन् […]

स्याङ्जा समाज यूकेको समर बीबीक्यु कार्यक्रमका लागि दिप ज्वेलर्सद्वारा ५१० पाउन्डको तिलहरी स्पोन्सर

लन्डन । स्याङ्जा समाज यूकेको यही २० जुनमा हुने वार्षिक भेटघाट र समर बीबीक्यू २०२६ को राफल ड्रका लागि अल्डरसटको दिप ज्वेलर्सले तलहरी स्पोन्सर गरेको छ । वार्षिक कार्यक्रम अनुसार फार्नबोरोस्थित ग्रेन्ज कम्युनिटी जुनियर स्कुलमा हुने भेटघाट र समर बीबीक्यू कार्यक्रमका लागि दिप ज्वेलर्सका प्रोपाईटर प्रेम र कमला विश्वकर्मा दम्पतीले ५१० पाउन्ड बराबरको सुनको तिलहरी […]

रघुगंगा गाउँपालिकाका १४ विद्यालयहरूमा मगर खाम भाषा पुस्तक वितरण

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाका विभिन्न १४ विद्यालयहरूमा मगर खाम भाषा पुस्तक वितरण गरिएको छ । नेपाल पुन मगर समाज रघुगंगा गाउँपालिका समितिको पहलमा गाउँपालिकाका विभिन्न १४ विद्यालयहरूमा यस वर्ष शैक्षिक सत्र कक्षा १ देखि पठनपाठन सुरूवात भएपश्चात् पुस्तक वितरण गरिएको हो । पुस्तक वितरण भएका विद्यालयहरू तथा विद्यार्थी संख्या: १. श्री महादेव माध्यमिक विद्यालय, […]

बेलायतमा नेपालीमाथि आक्रमण घटनाप्रति लन्डन दूतावासको चिन्ता, दोषीमाथि कारबाहीको माग

लन्डन । नेपाली दूतावास लन्डनले नेपाली वृद्धहरुप्रति भएको अमानवीय घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ । बिहीबार १८ जुनमा विज्ञप्तिमार्फत दूतावासले बेलायतको अल्डरसटस्थित म्युनिसिपल पार्कमा गत मंगलबार साँझ नेपाली वृद्धहरुप्रति भएको अमानवीय घटनाप्रति दु:ख व्यक्त गर्दै उक्त घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन र सबै पक्षलाई संयमित हुन पनि अनुरोध हो । […]

error: Content is protected !!