लन्डन । तमु धीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ र आमा समूहकी पूर्वअध्यक्ष प्रेमा गुरुङ दम्पतीले गुरूङ (तमु) लामा बौद्ध धर्म समाजको केन्द्रीय कार्यालय गुम्बा भवन निर्माणको लागि ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
पुरानो ठेगाना पर्वत चारभञ्ज्याङ हाल यूके निवासी गुरुङका श्रीमान् श्रीमतीले उक्त सहयोग गरेको गुरूङ (तमु) लामा बौद्ध धर्म समाजका अध्यक्ष शिर लामा गुरुङलाई बेलायतमै दिएका हुन् । भूमिदान सहयोग गरेकोमा उनीहरुलाई साधुवाद भन्दै अध्यक्ष गुरुङले सबैमा सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
काठमाण्डू बुढानिलकण्ठ भंगालमा गुरूङ (तमु) लामा बौद्ध धर्म समाजको केन्द्रीय कार्यालय गुम्बा भवनको निर्माणका लागि शिलान्यास भइसकेको छ ।






