बेलायतमा मुन्धुम, मातृसत्ता र याक्थुङ सभ्यताबारे अन्तरक्रिया सम्पन्न

मेडस्टोन, केन्ट । बेलायतमा “मुन्धुम, मातृसत्ता र याक्थुङ सभ्यता” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। किरात याक्थुङ चुम्लुङ यूकेको आयोजनामा १८ जुलाई २०२६ मा याल्डिन, मेडस्टोन (केन्ट)मा संस्थाकी अध्यक्ष कमला सेन्दाङ लिम्बुको अध्यक्षता उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आमन्त्रित वक्ताका रूपमा प्रोफेसर डा. मारोहाङ खवाहाङ र श्रीमती गंगा किम्दाङको उपस्थिति रहेको थियो भने […]

बेलायतमा नयाँ प्रधानमन्त्री बने एन्डी बर्नह्याम

लन्डन । बेलायतमा नयाँ प्रधानमन्त्री एन्डी बर्नह्याम बनेका छन् । बर्नह्याम सोमबार बेलायतको ५९औं प्रधानमन्त्री बनेका हुन् । नयाँ प्रधानमन्त्रीको रूपमा आफ्नो पहिलो भाषणमा एन्डी बर्नह्यामले राजनीतिलाई ‘राम्रोसँग काम गर्ने’ प्रतिबद्धता जनाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनलाई राजा चार्ल्स तृतीयले सरकार गठन गर्न आमन्त्रित गरेका थिए । निवर्तमान प्रधानमन्त्री किअर स्टार्मरले प्रधानमन्त्री पदबाट […]

क्याम्बरली नेपाली (गोरखा) संघद्वारा तीनदिने स्कटल्याण्ड भ्रमण भव्य रूपमा सम्पन्न

देब घले – क्याम्बरली, युके। क्याम्बरली नेपाली (गोरखा) संघको आयोजनामा संघका ज्येष्ठ सदस्यहरूसहित ३४ जनाको टोलीले तीन दिने स्कटल्याण्ड भ्रमण सफलतापूर्वक सम्पन्न गरेको छ। गत १७ देखि १९ जुलाई सम्म सञ्चालित उक्त भ्रमण अत्यन्तै रमाइलो, फलदायी र अविस्मरणीय रहेको भ्रमण दलका सदस्यहरुले जनाएको छन् । तीन दिने भ्रमणका मुख्य गतिविधिहरूमा पहिलो दिन क्याम्बरलीदेखि एडिनबराहसम्मको यात्रा भएको […]

कङ्गोमा इबोला प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो, २ हजार ३४४ जनामा सङ्क्रमण पुष्टि

लन्डन । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा ९३० पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबारसम्म देशभर दुई हजार ३४४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र ३७ जनाको मृत्यु भएको छ, जुन एकै दिनमा भएको उच्च मृत्युमध्ये एक हो । पूर्वी कङ्गोमा गत मे १५ मा […]

तमु धीं यूकेले अगस्ट ३० मा १७ औं नेपाली मेला आयोजना गर्ने, आजदेखि स्टल बुकिङ खुला

एभरेस्ट टाइम्स संवाददाता लन्डन । बेलायतमा बसोबास गर्ने नेपाली समुदायको ठूला सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ को आज सोमबारदेखि स्टल बुकिङ खुला हुँदै छ । तमु धीं यूकेले आगामी ३० अगस्ट आइतबार आयोजना गर्ने मेलाका लागि स्टल बुकिङ आज मध्याह्न १२ बजेदेखि खुल्ने उपाध्यक्ष तथा स्टल व्यवस्थापनको जिम्मेवारी पाएकी दिलमाया गुरुङले जानकारी […]

पोखरेली मञ्च यूके २४-२६ जुलाईमा ‘क्याम्प नेपाल २०२६’ आयोजना गर्दै, के के छन् सुविधा ?

लन्डन। बेलायतस्थित नेपाली सामाजिक संस्था पोखरेली मञ्च यूकेले यही २४ देखि २६ जुलाई २०२६ सम्म ‘क्याम्प नेपाल २०२६’ आयोजना गर्ने भएको छ । कार्यक्रम ब्रिस्टल नजिकको मनोर फार्म,अपटोन चेन्नीमा सञ्चालन हुनेछ। आयोजकका अनुसार यो तीनदिने पारिवारिक क्याम्प नेपाली संस्कृति, सामुदायिक एकता र पुस्तान्तरणबीच सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको हो । सन् २०१७ देखि विभिन्न […]

साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो फिफा विश्वकप २०२६ को उपाधि

लन्डन । साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आइतबार भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो । अत्तिरिक्त समयमा स्पेनका […]

error: Content is protected !!