पोखरेली मञ्च यूके २४-२६ जुलाईमा ‘क्याम्प नेपाल २०२६’ आयोजना गर्दै, के के छन् सुविधा ?

SHARE:

लन्डन। बेलायतस्थित नेपाली सामाजिक संस्था पोखरेली मञ्च यूकेले यही २४ देखि २६ जुलाई २०२६ सम्म ‘क्याम्प नेपाल २०२६’ आयोजना गर्ने भएको छ । कार्यक्रम ब्रिस्टल नजिकको मनोर फार्म,अपटोन चेन्नीमा सञ्चालन हुनेछ।

आयोजकका अनुसार यो तीनदिने पारिवारिक क्याम्प नेपाली संस्कृति, सामुदायिक एकता र पुस्तान्तरणबीच सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

सन् २०१७ देखि विभिन्न ‘हाइक फर नेपाल’ लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको पोखरेली मञ्च यूकेले यस वर्षदेखि ‘क्याम्प नेपाल’ अवधारणाअन्तर्गत बेलायतमा हुर्कँदै गरेका नेपाली बालबालिका र परिवारलाई लक्षित गर्दै नयाँ कार्यक्रम सुरु गरेको जनाएको छ। कार्यक्रममा सहभागीहरूले क्याम्पिङसँगै नेपाली संस्कृति, परम्परा, मनोरञ्जन तथा सामुदायिक गतिविधिमा सहभागिता जनाउने अवसर पाउनेछन्।

आयोजकका अनुसार क्याम्पमा बालबालिकाका लागि खेलकुद तथा सिकाइ कार्यक्रम, युवाका लागि प्रेरणादायी सत्र, साँझ सांगीतिक प्रस्तुति, पारम्परिक नेपाली भोजन, बिहानको नास्ता तथा पारिवारिक मनोरञ्जनका विभिन्न गतिविधि समावेश गरिएका छन्। साथै, क्याम्पस्थलमा शौचालय र स्नानगृहको व्यवस्था रहने जनाइएको छ।

सूचनामा उल्लेख गरिएअनुसार प्रवेश शुल्क प्रतिव्यक्ति तीन रातका लागि ३० पाउन्ड तोकिएको छ भने पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क र ६–१० वर्ष उमेर समूहका लागि छुटको व्यवस्था गरिएको छ। बेलुकाको खाना छुट्टै शुल्कमा उपलब्ध हुनेछ।

आयोजकले बेलायतमा रहेका नेपाली परिवारलाई क्याम्पमा सहभागी भई आपसी सम्बन्ध, नेपाली संस्कृति र सामुदायिक एकतालाई थप मजबुत बनाउन आग्रह गरेको छ। थप विवरण तथा दर्ताका लागि पोखरेली मञ्च यूकेको आधिकारिक वेबसाइटमा जानकारी उपलब्ध रहेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!