क्याम्बरली नेप्लिज गोर्खा एसोसिएसन युके प्रतिष्ठित ‘किङ्स अवार्ड’ बाट सम्मानित

बेलायत । बेलायतको सरे काउन्टीअन्तर्गत क्याम्बरलीमा सक्रिय सामाजिक संस्था ‘क्याम्बरली नेप्लिज गोर्खा एसोसिएसन युके’ (सिएनजिए) ले बेलायतको प्रतिष्ठित सम्मान ‘किङ्स अवार्ड फर भोलुन्टरी सर्भिस’ प्राप्त गरेको छ। बेलायतका राजा चार्ल्स तृतीयको जन्मदिनको अवसरमा संस्थालाई यो सम्मान प्रदान गरिएको हो। उक्त ऐतिहासिक उपलब्धिका अवसरमा संस्थाले स्याम्पेन फोरेर हर्षोल्लासका साथ उत्सव मनाएको छ। शनिबार, १४ नोभेम्बर २०२६ […]
भूपू गोर्खा आमाबुबाका लागि बेलायतमा एकीकृत सामुदायिक बगैंचा उद्घाटन

अल्डरसट । बेलायतमा बसोबास गर्दै आएका भूतपूर्व गोर्खा सैनिक तथा उनीहरूका परिवारका आमाबुबालाई लक्षित गर्दै ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) अन्तर्गत सञ्चालित ‘वेलेस्ले कम्युनिटी गार्डेन’ औपचारिक रूपमा उद्घाटन गरिएको छ । शनिबार आयोजित विशेष कार्यक्रममा रसमर बोरो काउन्सिलका मेयर पिटर कालम र जीआरएनसीकी अध्यक्ष लिला सेलिङ माबोले संयुक्त रूपमा रिबन काटेर गार्डेनको उद्घाटन गरेका हुन् […]
बेलायतमा कवि नरेश काङमाङ राईको एकल कविता वाचन हुँदै

लन्डन । कविता सुनाउनका लागि भीड चाहिँदैन, एउटा सच्चा मन भए पुग्छ भन्ने प्रमाणित गरेका सशक्त कवि नरेश काङमाङ राई अब बेलायतको मञ्चमा उभिँदैछन्। इकोच अफ पर्वतको आयोजनामा हुन गइरहेको कविता वाचन कार्यक्रम २२ नोभेम्बर २०२६, आइतबार गोडिन्टन भिलेज हल, लाउडन वे, आशफोर्ड, केन्टमा हुने छ । दिउँसो १३ बजेबाट हुने कविता वाचन कार्यक्रममा संगीत […]
म्याग्दी बेगका बासिन्दाका लागि विपद्मा सघाउन १ करोडको अक्षयकोष, ७० लाख संकलन

म्याग्दी। रघुगङ्गा गाउँपालिका–१ बेगका बासिन्दाका लागि एक करोडको आपत्कालीन अक्षयकोष स्थापना गरिएको छ । बेगखोला कल्याणकारी समाजका संस्थापक एवं एनआरएनए यूकेका पूर्वअध्यक्ष योगकुमार फगामीका अनुसार विपद् र दुर्घटनामा परेकालाई सघाउन कोष स्थापना गरिएको हो । कोषमा सहयोग गर्न वा सदस्य बन्नेले मात्रै सुविधा पाउने उनले प्रस्ट पारे । ‘दुर्घटनामा घाइते भएका, गर्भवती, बिरामी र विपद्बाट […]