म्याग्दी बेगका बासिन्दाका लागि विपद्मा सघाउन १ करोडको अक्षयकोष, ७० लाख संकलन

SHARE:

म्याग्दी। रघुगङ्गा गाउँपालिका–१ बेगका बासिन्दाका लागि एक करोडको आपत्कालीन अक्षयकोष स्थापना गरिएको छ ।

बेगखोला कल्याणकारी समाजका संस्थापक एवं एनआरएनए यूकेका पूर्वअध्यक्ष योगकुमार फगामीका अनुसार विपद् र दुर्घटनामा परेकालाई सघाउन कोष स्थापना गरिएको हो । कोषमा सहयोग गर्न वा सदस्य बन्नेले मात्रै सुविधा पाउने उनले प्रस्ट पारे ।

‘दुर्घटनामा घाइते भएका, गर्भवती, बिरामी र विपद्बाट प्रभावितलाई सघाउन कोष स्थापना गरिएको हो,’ उनले भने, ‘हालसम्म ७० लाख रुपैयाँ सङ्कलन भएको कोषमा एक करोड पुर्‍याएर मूलधन नमासिने र ब्याज परिचालन गरिनेछ ।’

साविक बेग गाविसको तिप्ल्याङ, बादुक, बेगखोला, सिम, बेगटोलको जनसङ्ख्या एक हजार छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!