व्यवसायी तथा समाजसेवी लक्ष्मी गुरुङको आत्मकथा ‘सङ्घर्षदेखि सन्तुष्टिसम्म’ सार्वजनिक

काठमाडौं । व्यवसायी तथा समाजसेवी लक्ष्मी गुरुङको आत्मकथा ‘सङ्घर्षदेखि सन्तुष्टिसम्म’ सार्वजनिक गरिएको छ । लक्ष्मीले आफ्नो जन्मदिनको अवसरमा शनिबार १२ मंसिर २०८३ मा ललितपुरको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो । पुस्तकमा पौरखी सफल उद्यमी महिला र समाजसेवीका रूपमा परिचित लक्ष्मीको देश र समाजमा पुर्याएको योगदान, जीवनका सङ्घर्ष, अनुभव र अनुभूतिहरू […]
उमेर हदका कारण बेलायत आउन कुनै समस्या छैन : वरिष्ठ सोलिसिटर राजु थापा

लन्डन । वरिष्ठ सोलिसिटर राजु थापाले उमेर हदका कारण बेलायत आउन कुनै समस्या नभएको बताएका छन् । पा बेजिङस्टोक नेपलिज कम्युनिटीले शुक्रबार बेजिङस्टोकमा एभरेष्ट ल सोलिसिटर्स फर्म आबद्ध सोलिसिटरहरु एवं केस वर्करको उपस्थितिमा आयोजना गरेको बृहत् अन्तरक्रियामा सोलिसिटर थापाले धेरै ब्रिटिश गोर्खा र तिनका वयस्क सन्तान बेलायत आइसकेकाले केसहरु अब टुंगिने अवस्थामा पुगेको समेत जनाए […]
मंसिरमै विवाह गर्दै नेपालका गृहमन्त्री सुधन गुरुङ

काठमाडौं । नेपालका गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्। उनले आगामी मंसिर १७ गते विवाह गर्न लागेको सार्वजनिक गर्दै विवाहलाई भड्किलो र खर्चिलो नबनाई सामान्य नागरिकको जस्तै सादगीपूर्ण रूपमा सम्पन्न गर्ने बताएका हुन्। तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले पहिलोपटक […]
बेलायतमा नेपाली विद्यार्थीमाथि १५ लाखभन्दा बढी ठगी गरी तीन जना फरार

बेलायत – उच्च शिक्षाको सपना बोकेर बेलायत पुगेका २५ जना नेपाली विद्यार्थीहरू आफ्नै अग्रज (सिनियर) विद्यार्थीहरूबाट ठगिएका छन्। पुराना विद्यार्थीहरूको एक समूहले ती २५ विद्यार्थीबाट नेपाली १५ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेर फरार भएको पीडितमध्येका एक पौडेल थर भएका बिद्यार्थीले जानकारी दिएका छन्। पौडेलका अनुसार ठगीमा संलग्न व्यक्तिहरूले निवास (बस्ने कोठा) मिलाइदिने बहानामा उक्त […]
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : एनआरएनए पाँच विकेटले पराजित

कर्णाली । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी प्रदेशले एनआरएनएलाई पाँच विकेटले पराजित गरेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा शनिबार भएको लिग चरणको खेलमा एनआरएनएलाई हराउँदै गण्डकीले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । यस जितसँगै गण्डकीले दुई अङ्क जोडेको छ । टस जितेर पहिले बलिङ गरेको गण्डकीले एनआरएनएलाई १९ दशमलव २ ओभरमा […]
बेलायतमा चर्चित हास्यकलाकार शैलेन्द्र सिम्खडालाई सम्मान

लन्डन । चर्चित हास्यकलाकार शैलेन्द्र सिम्खडालाई नेपाली समुदायको तर्फबाट भव्य सम्मान गरिएको छ। बिहीबार बेलुका ह्यारोमा आयोजित एक विशेष समारोहमा नेपाली हास्यव्यङ्ग्य साहित्य र कला क्षेत्रमा सिम्खडाले पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान गरिएको हो। बीबीसी नेपाली सेवाका पूर्व सम्पादक सुमन खरेल तथा शिक्षाविद् डा भरत सिम्खडाले खादा ओढाएर सिम्खडालाई विशेष सम्मान गरेका थिए। सो […]