व्यवसायी तथा समाजसेवी लक्ष्मी गुरुङको आत्मकथा ‘सङ्घर्षदेखि सन्तुष्टिसम्म’ सार्वजनिक

SHARE:

काठमाडौं । व्यवसायी तथा समाजसेवी लक्ष्मी गुरुङको आत्मकथा ‘सङ्घर्षदेखि सन्तुष्टिसम्म’ सार्वजनिक गरिएको छ ।

लक्ष्मीले आफ्नो जन्मदिनको अवसरमा शनिबार १२ मंसिर २०८३ मा ललितपुरको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो । पुस्तकमा पौरखी सफल उद्यमी महिला र समाजसेवीका रूपमा परिचित लक्ष्मीको देश र समाजमा पुर्‍याएको योगदान, जीवनका सङ्घर्ष, अनुभव र अनुभूतिहरू समेटिएको छ ।

पुस्तक स्वस्तिक लक्ष्मी फाउन्डेसनले प्रकाशन गरेको हो । उक्त पुस्तक अग्रज पत्रकार खिम घले, सञ्चारकर्मी गंगादेवी गुरुङ, फोटो पत्रकार लाला गुरुङ, अनिता गुरुङको टिमले सम्पादन गरेका छन् ।

पुस्तक विमोचन कार्यक्रमको अध्यक्षता लक्ष्मी गुरुङका बुबा क्याप्टेन धरमसिंह गुरुङले गरेका थिए । कार्यक्रममा टिप्पणीकार तथा विज्ञ गणेश गुरुङ, प्राध्यापक डाक्टर गणेशमान गुरुङ, साहित्यकार शीतल कादेम्बिनीलगायतको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!