उमेर हदका कारण बेलायत आउन कुनै समस्या छैन : वरिष्ठ सोलिसिटर राजु थापा

SHARE:

लन्डन । वरिष्ठ सोलिसिटर राजु थापाले उमेर हदका कारण बेलायत आउन कुनै समस्या नभएको बताएका छन् । पा

बेजिङस्टोक नेपलिज कम्युनिटीले शुक्रबार बेजिङस्टोकमा एभरेष्ट ल सोलिसिटर्स फर्म आबद्ध सोलिसिटरहरु एवं केस वर्करको उपस्थितिमा आयोजना गरेको बृहत् अन्तरक्रियामा सोलिसिटर थापाले धेरै ब्रिटिश गोर्खा र तिनका वयस्क सन्तान बेलायत आइसकेकाले केसहरु अब टुंगिने अवस्थामा पुगेको समेत जनाए । उनले उमेर हदका कारण बेलायत आउन कुनै समस्या नभएकाले बाँकी रहेकालाई आवेदन दिन सुझाए ।

अहिले विभिन्न एकलाख ५७ हजार मुद्दा पेन्डिङमा रहेका र अदालतमा फैसला मितिका लागि करिब डेढ वर्ष जति प्रतिक्षा गर्नु परेको उनको भनाइ छ । आफ्नो फर्मको सफलता दर ९० प्रतिशत भएको जनाउँदै थापाले आफूहरुले पछिल्लो पटक ६९ वर्षीय गोर्खा सन्तानको मुद्दा उच्च अदालतबाट जितेको उदाहरण दिए । थापाले पहिलो आवेदनमै ७२ वर्षीय गोर्खा सन्ततिले भिजा पाएको, २०१९ मा ३० वर्ष उमेर क्राइटेरिया भएपनि ५६ वर्षका सन्तानले समेत अपिल जितेर बेलायत आएको र ०२३ मा ६४ वर्षीय गोर्खा सन्तानलाई पनि अपिलमार्फत बेलायत ल्याइएको जस्ता आफ्ना उपलब्धि सुनाए ।

सोलिसिटर थापाले विगत १८ महिना अवधिमा आफ्नो फर्मबाट आवेदन दिएका २६० वटा केस होम अफिसले वीथड्र गरिदिएको तथ्यांक प्रस्तुत गर्दै यसो हुनु भनेको अदालतमा सुनुवाइमा नगई भिजा प्राप्त हुनु रहेको स्पष्ट पारे । थापाले भूतपूर्व गोर्खाहरुका केस असफल हुनुका कारण समेत बताए । आफ्ना सन्तानसंग भावनात्मक रुपमा निकट रहेको नदेखिनु, सन्तानलाई पैसा पठाएको नभेटिनु (आर्थिक सहयोगको प्रमाण अपुग) र छोराछोरी भेट्न निरन्तर नेपाल गएको नपाइनु जस्ता कुराले केस असफल हुने गरेको थापाले जनाए ।

बयान दिने बेला आफ्ना सन्तानको बारेमा विस्तृत रुपमा खुलाउन पनि थापाले सुझाए । बयान एउटा, अदालतमा अर्को बोल्यो भने केस बिग्रनेबारे सचेत गराउंदै थापाले शुरुमा किण्डर रोलमा विवरण छुटेको भन्दै पछि थप्दा केस बिग्रिएको पाइएको पनि सुनाए । आफ्नो स्वास्थ्यमा भएका समस्याको मेडिकल रिपोर्ट हाल्न, पैसा पठाउने बेला सन्तानको ठेगाना सही राख्न, इमेल अद्यावधिक गर्न र आवेदनका साथ यथेष्ट प्रमाण पेश गर्न सोलिसिटर थापाको सुझाव थियो ।

एभरेष्ट ल फर्मकै सिनियर सोलिसिटर इमरान अली, केस वर्कर मोहमद सकिल अक्रम, बेजिङस्टोक नेपलिज कम्युनिटी सिनियर सिटिजनसीपका संयोजक टेक कुलुङ राई, संयोजक एवं आयोजक समितिका उत्तर सुन्दास, बेजिङस्टोक नेपलिज कम्युनिटीका अध्यक्ष विजय लिङ्थेपलगायतले धारणा राखेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!