बेलायतमा नेपाली विद्यार्थीमाथि १५ लाखभन्दा बढी ठगी गरी तीन जना फरार

SHARE:

बेलायत – उच्च शिक्षाको सपना बोकेर बेलायत पुगेका २५ जना नेपाली विद्यार्थीहरू आफ्नै अग्रज (सिनियर) विद्यार्थीहरूबाट ठगिएका छन्। पुराना विद्यार्थीहरूको एक समूहले ती २५ विद्यार्थीबाट नेपाली १५ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेर फरार भएको पीडितमध्येका एक पौडेल थर भएका बिद्यार्थीले जानकारी दिएका छन्।

पौडेलका अनुसार ठगीमा संलग्न व्यक्तिहरूले निवास (बस्ने कोठा) मिलाइदिने बहानामा उक्त रकम असुलेर सम्पर्कविहीन भएका हुन्। ठगी गरी फरार हुनेहरूमा सप्तरीको कञ्चनपुर घर भई रेभेन्सबोर्न युनिभर्सिटीबाट अध्ययन पूरा गरेका सुरज राउत, जनकपुर घर भई कोभेन्ट्री युनिभर्सिटीमा अध्ययनरत अभिषेक शाह र बाराको तेलकुवा घर भई सन्डरल्यान्ड युनिभर्सिटीमा अध्ययनरत अमित शाह रहेका छन्।

पीडित पक्षले ठगी प्रकरणका विषयमा आवश्यक कानुनी कारबाहीका लागि बेलायती प्रहरीमा समेत उजुरी दिइसकेको जनाएको छ।

आगामी दिनमा नेपालबाट बेलायत अध्ययनका लागि आउने अन्य नयाँ विद्यार्थीहरू यसरी आफ्नै साथीभाइ तथा अग्रजबाट ठगीको शिकार नहुन् र सबै सचेत रहून् भन्ने उद्देश्यले यो घटना सार्वजनिक गरिएको पौडेलले बताएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!