पूर्वक्याम्पस प्रमुख गणेशबहादुर गुरुङको निधन

SHARE:

एटा संवाददाता
लन्डन । पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख गणेशबहादुर गुरुङको सोमबार पोखरा नयाँ बजारस्थित आफनै निवासमा निधन भएको छ । लामो समय देखि अस्वस्थ रहेका गुरुङको घरमै उपचार गरिरहेका थिए ।

उनको निधनमा बेलायतस्थित चार भञ्ज्याङ्ग तमु समाज युके लगायतका तमु संस्थाहरुले विभिन्न सामाजिक संजालमार्फत दुःख व्यक्त गर्दै भावपूर्व श्रद्धाञ्जली व्यक्त गरेका छन् । त्यस्तै, तमु धिं नेपाल, तमू ह्युल छोंज धिं, चार भञ्ज्याङ तमु समाज लगायत देश–विदेशमा रहेका विभिन्न संघसंस्थाहरुले दुःख व्यक्त गरेका छन् ।

केन्ट निवासी तमु धिं युकेका उपाध्यक्ष हरि गुरुङको ससुरा तथा सन्ध्या गुरुङको बुबा स्वर्गिय गुरुङको सोमबार दिउँसो पोखरा रामघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, गण्डकी प्रदेशका सांसद राजीव पहारी, पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख डा. दिलबहादुर क्षेत्री, गुरुङ प्राज्ञिक मञ्चका अध्यक्ष वरिष्ठ अधिवक्त कृष्णबहादुर गुरुङ लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

जीवनको लामो समय शिक्षण पेशा र समाजसेवामा आवद्ध हुदै आएका गुरुङको जन्म बाबा शेरबहादुर गुरुङ र आमा पूर्णकुमारी गुरुङकी कोखबाट वि.सं. १९९५ साल कात्र्तिक १८ गते पहिलो सन्तानको रुपमा पर्वतको फलेबास नगरपालिका ८ लिमिठाना मौलामा भएको थियो । वि.सं. २०१७ सालमा पोखराको पुरानो टुँडीखेलमा सञ्चालित मल्टिपर्पस हाइस्कूलबाट एस.एल.सी.परिक्षा उत्र्तिण गरेका गुरुङले पोखराको पृथ्वीनारायण क्याम्पसबाट आइ.ए र काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट बि.ए. उत्र्तिण गरेका थिए भने त्रिभुवन विश्वविद्यालय काठमाडौंबाट एम.ए.सम्मको अध्ययन गरेका थिए ।

अध्ययनकै क्रममा उनले विभिन्न समयमा म्याग्दीको दरभाङस्थित जनप्रिय जुनियर हाइस्कूल तथा बाग्लुङको विनामारे प्रस्तावित हाइस्कूल, काठमाडौंको ठमेलमा अवस्थित सैनिक बोर्डिङ हाउसमा प्रधानध्यापकको भूमिकामा रहेर काम गरे ।

त्यस्तै, वि.सं. २०२६ साल असार १६ गतेबाट उहाँले पोखराको पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन सेवा शुरु गरे ।

वि.सं. २०४० देखि ०४७ सालमा उहाँ पृथ्वीनारायण क्याम्पसको प्रमुखको भूमिकामा रहेर कुशल प्रशासकको रुपमा काम गरेका गुरुङले करीब ३३ वर्ष अर्थात् २०५९ सालसम्म प्राध्यापन गरे ।

उनले पोखरा बहुमुखी क्याम्पस र जनप्रिय बहुमुखी क्याम्पसको संस्थापक तथा चार भञ्ज्याङ क्षेत्रीय परियोजना एवं तमु ह्युल छोंज धिंको संरक्षक रहेका गुरुङ तमु छोंज धिंको संस्थापक अध्यक्ष तथा तमु धिं नेपालको प्रमुख सल्लाहकार थिए ।

प्रवल गोर्खा दक्षिणबाहु दोस्रोबाट विभुषित गुरुङले ५० बर्ष अघि ल्वाङ घलेल पुख्र्यौली घर भई चितवनको दिव्यनगर निवासी मिना गुरुङसँग विवाह गरेका गुरुङको ४ छोरीहरु तथा १ छोरा छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!