कुलतमा फसेका घर्ती बने सुधार गृह प्रमुख

SHARE:

गलत साथी र घरपरिवारको माया नपाउँदा मानिस कसरी बिग्रिन्छ भन्ने उदाहरण हुन्, दाङ घोराही उपमहानगरपालिका १३ नयाँ बजारका बिक्रम घर्ती मगर । २७ वर्षीय घर्ती मगरको जीवनकहानी दर्दनाक मात्र छैन । तर पछिल्लो समय उनी समाजमा उदाहरणीय व्यक्ति बनेका छन् ।


उनी ४/५ वर्षको छँदा र बुवा बैदेशिक रोजगारीमा रहेको बेला आमाले एक्लै छाडेर हिँँडेपछि उनको दुःखको दिन सुरु भएको थियो । वैदेशिक रोजगारमा बुवाले रगत र पसिना बगाएर कमाएको पैसाकै भरमा घर्ती मगरले घोराहीको दीपशिखा कलेजबाट प्रमाणपत्र तह अध्ययन पूरा गरे । १६ वर्षको उमेरमा ब्रिटिस आर्मीमा भर्ती हुने सपना बोकेर पोखरा हानिएका घर्तीको भर्ती हुने सपना अधुरै रह्यो । घरपरिवारको माया नपाएपछि साथीभाइलाई नै घरपरिवारजस्तो ठानेर साथीहरुको गलत संगतकै कारण घर्ती मगरले आफ्नो उज्ज्वल भविष्यलाई बिफल बनाउन पुगे ।

सन् २०११ मा पोखराको टास्कफोर्स नेपालमा पूर्णरुपमा ट्रेनिङ लिएका घर्तीमगरले भर्ती देखाउनेक्रममा काठमाडौंका एक साथीकै कारण आफ्नो जीवन बर्बादीतर्फ उन्मुख गराए । कहिल्यै चुरोट नपिउने घर्ती मगर भर्तीको समयमा जब साथीको झोला सम्हाल्न पुगे, त्यहीबाट आफू कुलतमा फसेको याद उनलाई अझै ताजा छ । साथीको झोला लिएर सहयोग गरिदिएका घर्तीमगरले पहिलो चरणमा शारीरिक परीक्षण र फिजिकलमा पास भएर जब एजुकेसनका लागि सहभागी हुन पुगे उनको झोला भर्ती गराउने यारोहरुले जाँच गरे तर उनलाई झोलामा गाँजा भरिएको चुरोट थियो भन्ने कुनै हेक्का थिएन । यारो सापले तिमी चुरोट खान्छौ भनेर बारम्बार प्रश्न गरे तर उनले कहिल्यै चुरोटको अनुभव नगरेको उत्तर दिइरहे । जब त्यहाँबाट निस्केर उनी शौचालय गएर झोला जाँच गरे उनी छाँगोबाट खसेजस्तो भयो । उनको झोलामा गाँजा भरिएको करिब पाँच खिल्ली चुरोट थियो । उनले त्यतिबेला सोधिएको प्रश्नको राम्रो उत्तर दिन नसक्दा एजुकेशनमा नाम निस्केन ।

एजुकेसनमा नाम ननिस्केपछि भर्ती केन्द्रबाट बाहिरिँदै गर्दा उनको भेट उनका गुरु टास्कफोर्स नेपालका सञ्चालक मिनबहादुर गुरुङसँग भयो । गुरुले उनलाई अर्को वर्ष भर्ती देखाउन होस्टेलमै बसेर तालिम गर्न आग्रह गरे तर नखाएको विष लागेजस्तो बनेका घर्तीले वास्तविक कुरा आफ्ना गुरुलाई नभनीकन दाङतर्फ हानिए । त्यो पल सम्झेर अहिले निकै पछुतो लाग्ने गरेको घर्तीमगर बताउँछन् ।

त्यतिबेला दाङमा गुण्डागर्दी दादागिरी र ड्रग्स प्रयोगकर्ताको बिगबिगी थियो । त्यो अवस्थाबारे पनि उनका गुरु गुरुङले दाङ नगइकन होस्टेलमा बसी भर्तीको तयारी गर्न सुझाएका थिए तर उनले त्यो सुझाव मानेनन् । घर्ती मगरलाई नभन्दै दाङको नराम्रो हावाले छोयो । दाङ पुगेर कहिल्यै चुरोट नखाने घर्ती मगर चुरोटमात्र हैन गाँजा हँुदै ब्राउन सुगरको लतमा फसे । छोटो समयमै उनी घोराहीमा सबैले चिन्ने गरी ड्रग्स युजर बनिसकेका थिए । त्यहीँलतकै बीच उनी कुनै पनि तयारीबिना २०१२ को ब्रिटिस भर्नामा सहभागी हुन पोखरा आए । लिखित परीक्षामा उत्तीर्ण भए पनि शारीरिक परीक्षाअन्तर्गत भीममा सफल हुन सकेनन् । १२ पटक भीम हान्नुपर्नेमा उनले ११ पटक मात्र हान्न सके ।

उनी असफल भएपछि निराश हुँदै फेरि आफ्नै संसारमा झुमेको दाङमै फर्किए । दोस्रो पटक पनि उनका गुरु गुरुङले उनलाई भेट्न खोज्दाखेज्दै गुरुको प्रवाह नै नगरी उनी दाङ फर्किएका थिए । लक्का जवान यसरी कुलतको दलदलमा फसिसकेका थिए कि उनी अहिले पनि भन्छन्, ‘त्यतिबेला मैले मेरो भविष्यको बारेमा केही सोचिन मात्र ब्राउन सुगरको प्रयोग र खोजीमा लागिरहे ।’

दोस्रो पटकको भर्तीमा असफल भएपछि घर्तीमगरको जीवन यसरी बित्यो कि सायद उनलाई सम्झाउने कोही भेटिएन । घर्ती मगर ब्राउन सुगर पाउनकै लागि झैझगडा, गुण्डागर्दी, लुटपाट र अपहरण गर्नेसम्मको क्रियाकलापमा सहभागी भइ ४ वर्षको अवधिमा दर्जन पटक प्रहरी हिरासतमा समेत बस्न पुगे । प्रहरीको हिरासतमा २०/२५ दिन परेर निस्केपछि फेरि गुण्डागर्दी झैझगडा, लुटपाटमा नै संलग्न हुन्थे ।

हिरासतमा रहेको बेला बिक्रमले आफ्ना गुरु गुरुङले आफूलाई भर्ती देखाउने क्रममा होस्टेलमा पढाएको सिकाएको कुराहरु सम्झन्थे र एकदिन समाजको अगाडि लागूऔषध छाड्ने साहस बटुल्ने गरेको बताउँछन् ।

बिक्रम विगतलाई सम्झेर अहिले पनि बारम्बार झस्किने गर्दछन् । ४ वर्षको बीचमा उनले एक पटक आफ्ना गुरुलाई भेटेर सबैकुरा भन्ने निर्णय गरेर पोखरा आए पनि सबै कुरा बताउन सकेनन् र यत्तिकै दाङ फर्के ।

एडिक्सनकै समयमा पोखरा गएर धेरैको मनमा चोट लगाएको र उनका गुरुलाई भेटेर कुरा भन्न नसकेको र उल्टै गुरुको नाममा होटलको पैसा चढाएर रुँदै फर्केको अझै पनि याद छ उनलाई । त्यो समयमा समाज, छिमेकी साथीहरुले हेर्ने नजर नकारात्मक बनेकोमा अहिले निकै दुःख लाग्ने गरेको बताउँछन् ।

घर्तीमगर अन्तिम पटक २०७३ तिर प्रहरी हिरासतमा रहेकोे बेला भर्ती ट्रेनिङमा होस्टेलमा बसेका बेला गुरुले भनेका कुराहरुलाई सम्झिए र सुध्रिने गहन निर्णय गरे । आफू स्वघोषित ब्राउन सुगर छाडेर समाजमा पुनःस्र्थापित भएर देखाउँछु भन्ने उनको मनमा जाग्यो । उनले त्यतिबेला साथीहरु उत्तम घर्ती मगर (वारियर), सञ्जय कलेजको साथी बैंकरोड, विशाल रोका मगर द लोटस ट्रेनिङ सेन्टर दाङ घोराहीका संचालक, भीरा, विवेक रोका मगर बडहरा, कृष्णमान घर्ती मगर म्युजिसियन, बुद्धिराम पुन युनाईटेड नयाँबजार फुटबल क्लबका अध्यक्षलाई भेटेर ब्राउन सुगर छाडेर समाजमा पुनस्र्थापना हुने निधो गरे । उनले कुनै पुनस्र्थापना केन्द्रमा नबसिकनै निकोटिन कहिल्यै प्रयोग नगर्ने बोल्ड डिसिजन ७३ सालमा गरे । उनको त्यो बाचाले अहिले निकै सकारात्मक बाटो पकडेको छ ।

बिक्रमले आफूजस्तै लतमा फसेका युवायुवतीहरुलाई जीवन परिवर्तन गराउने भन्दै पाँचजना साथीहरु मिलेर २०७३ सालमा नयाँ जीवन पुनस्र्थापना केन्द्र खोले । पुनस्र्थापना केन्द्र राम्रैसँग अगाडि बढिरहेको थियो तर उनको मनमा एकदिन यस्तो कुरा उत्पन्न भयो कि उनले पुनस्र्थापना केन्द्र निकोटिनरहित हुनुपर्छ । साथीहरुलाई निकोटिनरहित पुनस्र्थापना केन्द्र सञ्चालन गर्ने आफ्नो राय बताए तर उनका साथीहरुले त्यो कुरा मानेनन् । छुट्टै सोचका साथ अगाडि बढेका घर्ती मगरले पुनस्र्थापना केन्द्रबाट छुटेर दुई वर्षपछि २०७५ कार्तिकदेखि दाङको घोराही उपमहानगरपालिका १३ वनगाउँमा परिवर्तन फाउन्डेशन नामक सुधार गृह सञ्चालन गरे ।

सुधार गृहमा निकोटिनहरु प्रयोग नगरी निकोटिनविहीन वस्तु प्रयोग गर्ने उद्देश्यसहित सञ्चालन गर्नुपर्छ भन्ने लागेर अबको समय रिहावमा चुरोट, सुर्तीजन्य पदार्थहरु प्रयोग गर्नुभन्दा पनि निकोटिनरहित नै सञ्चालन गर्नुपर्छ भनेर उनले एकल प्रयासमा परिवर्तन फाउन्डेशन नामक सुधार गृह सञ्चालन गरेर अगाडि बढेका छन् । पिता ४३ वर्ष बाबा गणेशकुमार घर्ती मगरसँगै दाङमा बस्दै आएका घर्तीमगरले ५ कट्ठा जमिन भाडामा लिएर यतिबेला ७ जना कर्मचारीलाई जागिरसमेत दिएका छन् । ४ वर्ष नारकीय जीवन बिताइ घरपरिवार, समाज र साथीभाइबाट तिरस्कार खेपी पटक पटक प्रहरीको सामना गरेका घर्तीमगरले आमाले सानै उमेरमा छाडेर गएको घटनालाई सम्झिन्छन् र बारम्बार यहीँ भन्छन्, ‘छोराछोरी जन्माएर पालनपोषण नगरी बीचमा नै छोडेर जाने हो भने बच्चा नजन्माए हुन्छ ।’ उनलाई यतिबेला पनि दुखेसो छ कि ५ वर्षको उमेरमा आमाले छाडेर गएपछि समाजमा घुलमिल हुन नसकी कुलतमा फसेको ।

सोही कुरालाई मनन गरी कुलतमा फसेकालाई समाजसँगै राख्नुपर्छ भनेर उनले स्थापना गरेको परिवर्तन फाउन्डेशनमा कुनै तारबार नलगाइ खुल्ला राखिएको छ । जोकोहीले पनि लागूऔषध प्रयोग गरिरहेकालाई राखिएको परिवर्तन केन्द्र नजिकैबाट नियाल्न सकोस् भन्ने उद्देश्य उनको छ । बिक्रम भन्छन्, ‘घरपरिवार, साथीभाइ, समाज, प्रहरी प्रशासनले समेत सुधार्न नसकेर थाकेपछि पुनस्र्थापना केन्द्र आउने र ल्याउने गरिन्छ ।’ सोचेजस्तो सफलता हात पार्न नसके पनि प्रयासचाहिँ आपूmले सक्ने दिनसम्म जारी राख्ने अठोट लिएका छन् ।

परिवर्तन फाउन्डेशनमा २०७५ कार्तिकदेखि हालसम्म २०० जनाले सेवा लिइसकेका छन् । सुधार गृहमा बसेर फर्केकाहरुलाई समाजमा पुनस्र्थापना हुनका लागि समाजले नै यसको निर्धारण गर्नुपर्ने बिक्रम बताउँछन् । सय जनामा १० जना पूर्ण रुपमा परिवर्तन भएर जाने र ९० जनाको हकमा भने समाजमा निर्भर हुने गरेको उनले बताए ।

समाजमा अझै पनि सकारात्मक सोच विकास नहुँदा लागूऔषध प्रयोगकर्ताहरु र रिकभर भएकालाई एकै ठाउँमा राखेर सोच्ने गरेकाले समाजमा पुनस्र्थापित हुन नसकेको भए पनि एकदिन समाज सुध्रिनेमा घर्ती आशावादी छन् । घर्ती मगरले सञ्चालन गरेको परिवर्तन फाउन्डेशनमा पैसा नहुने र सहाराविहीनहरुलाई विशेष प्राथमिकता दिने गरेका छन् । आफू पनि सहाराविहीन भएकै कारण कुलतमा फसेको भएकाले उनले त्यस्ता सहाराविहीनलाई बाटोबाटै उठाएर परिवर्तन फाउन्डेशनमा लैजाने गर्दछन् । उनलाई पछिल्लो समय एउटै चिन्ता छ, रक्सी प्रयोगकर्ता बढ्दा समाजमा नराम्रा घटनाहरु बढेकोमा । पीरमर्का भुलाउने साधनका रुपमा रक्सी प्रयोग गर्ने गरेकाले उनीहरुलाई एडिक्सनबाट छुटाइ केही काम गरेर आफंै कमाइ गरोस् भन्ने घर्ती मगर चाहन्छन् । त्यहीँ सोचले उनको सुधार गृहमा पैसा नहुने र सहाराविहीन २५ जनालाई उपचार गरिसकेको छ । अहिले १५ जनालाई सेवा प्रदान गरिरहेका छन् उनका अनुसार ।

हालैमात्र पोखराबाट दाङ पुगेर उनका गुरु टास्कफोर्स प्रालिका सञ्चालक मिनबहादुर गुरुङले सुधार गृह अवलोकन गरे । मिनबहादुरले सुधार गृह खोली आफ्नो विगतका दिनहरुलाई भुलेर सामाजिक काममा लागेकोमा खुसी ब्यक्त गर्दै नगद ५० हजार सहयोग गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

घर्ती मगरजस्ता युवालाई सरकार तथा निजी क्षेत्रबाट सहयोग गर्न आवश्यक छ । उनको अठोटलाई पूरा गर्न समाजको दायित्व अझै बढी मात्रामा देखिन्छ ।

प्रस्तुति : गिता राना मगर

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!