
लिस्बन ८ भदौ । बायर्न म्युनिकले आइतबार छैटौंपल्ट युरोपेली च्याम्पियन्स लिग जितेको छ ।
फाइनलमा उसले फ्रान्सको पीएसजीलाई १–० ले पराजित गर्यो । खेलको निर्णायक गोल किंग्सली कोमनले ५९ औं मिनेटमा गरे । जोसुआ किमिचको पासलाई हेड गर्दै उनले खेलको एकमात्र निर्णायक गोल गरेका हुन् । बायर्नले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो छैटौं पल्ट हो ।
पीएसजीले भने पहिलो पल्ट पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनल खेलेको थियो । बायर्नले यससँगै यो सिजन तेस्रो उपाधि जितेर ‘ट्रेबल’ को दुलर्भ उपलब्धि पनि हात पारेको छ । बायर्नले यसअघि घरेलु बुन्डेसलिगा र जर्मनकप पनि जितेको थियो । खेलको ‘म्यान अफ द म्याच’ बायर्न गोलरक्षक म्यानुएल नोया रहे । उनले उत्कृष्ट प्रदर्शन गरे । त्यस अगाडि पीएसजीका नेयमार र केयलिन एमबापेको प्रदर्शन फिक्का परेको थियो ।






