पोखरामा कलाकारबाट इन्द्रेणी टिमलाई स्वागत

SHARE:

पोखरा असोज १९ । टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’ टिमलाई पोखरामा भव्य स्वागत गरिएको छ । तमुधिं नेपालको प्राङ्गणमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गन्डकी प्रदेश समिति र तमु (गुरुङ) कलाकार संघ नेपाल गण्डकी समितिले संयुक्त कार्यक्रम आयोजना गरी सोमबार इन्द्रेणी टिमलाई स्वागत, सम्मान गरेका हुन् ।

इन्द्रेणी टिममा प्रमुख वरिष्ठ कलाकार, समाजसेवी कृष्ण कँडेल, वक्ता रमेश प्रसाईं, दिपक घिमिरे, पूर्ण कँडेल, मोहन बिक, युवराज चौलागाईं, जीवन टन्डन, नवराज तिमिल्सिना र कृष्ण बजगाई थिए । उनीहरुलाई स्वागत गर्दै प्रतिष्ठान गन्डकी प्रदेशको भावी योजनाबारे जानकारीसहित इन्द्रेणी टिमलाई हातेमालो गर्न अध्यक्ष सुरेन्द्र गुरुङले अनुरोध गरेका थिए ।

प्रतिष्ठान गण्डकी प्रदेशको भवन निर्माणका लागि आवश्यक जग्गा खरिद गर्न इन्द्रेणी टिमको तर्फबाट ५० हजार रुपैयाँ दिनेसमेत प्रमुख कँडेलले घोषणा गरे ।

कार्यक्रममा गण्डकी प्रदेशमा प्रचलित सालैजो, गुरुङ गीतसहित रोइला भाकामा दोहोरी प्रस्तुत गरिएको थियो ।

स्वागत तथा सांस्कृतिक कार्यक्रममा सहभागी भएर हौसला प्रदान गर्ने सम्पूर्ण महानुभावहरुप्रति अध्यक्ष गुरुङले सम्मानसहित आभार व्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!