नगेन्दराज नेम्वाङ
लन्डन । नेपाली चालक प्रशिक्षकहरुको वार्षिक भेटघाट सम्पन्न भएको छ ।
गत २ जुन २०१८ शनिबारका दिन नेप्लिज ड्राईभिङ्ग इन्स्ट्रक्टर एशोसिएसन युकेले लन्डनस्थित ब्लु अर्चिड रेस्टुरेन्टमा सो भेटघाटको आयोजना गरेको हो ।
बेलायतस्थित नेपाली सवारी चालक प्रशिक्षकहरुको परिवारसहित उपस्थिति रहेको कार्यक्रम एकअर्कामा परिचय गर्दै सुरुआत भएको थियो । कार्यक्रममा एशोसिएसन युकेका अध्यक्ष होम रानाको सुपुत्री शिलता रानासमेत प्रशिक्षक बन्न सफल भएकोमा उनलाई एशोसिएसनका उपाध्यक्षद्वय तामबहादुर ढेंगा र माधव कार्कीले खादा लगाई स्वागत तथा सम्मान गरिएको थियो ।
कार्यक्रमलाई रोचक बनाउनका लागि होम विष्टलगायत उनको समूहले खुल्ला हाजिरी जवाफ प्रतियोगिता र पास दि पार्सल नामक खेल सञ्चालन गरेका थिए भने बिक्रम श्रेष्ठले राफल ड्रको भूमिका निभाएका थिए । सो अवसरमा नगेन्द्रराज नेम्वाङले मनोक्रान्ति दर्शनअन्र्तगत स्वास्थ्य र आनन्द प्राप्तिका लागि दैनिक व्यायाम, आराम र सन्तुलित भोजनको बारेमा ज्ञानगुणका कुराहरु बाँडेका गरेका थिए । त्यस्तै, अध्यक्ष रानाले बाँसुरी र मादल बजाउँदै विभिन्न गीतहरु गाएर मनोरञ्जन प्रदान गरेका थिए ।
एशोसिएसनका अध्यक्ष रानाको अध्यक्षतामा सम्पन्न भेलालाई महासचिव होमराज बिष्टले सञ्चालन गरेका थिए ।


