लन्डन फागुन ११ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको १४ मार्चमा काउन्सिल बैठक हुने भएको छ ।
एनआरएनए यूकेको वार्षिक कार्ययोजनाको महत्वपूर्ण कार्यक्रमअन्तर्गत संघसंस्था प्रतिनिधिसभा (काउन्सिल बैठक) को आयोजना हुने लागिएको हो ।
सभामा सहभागिताका लागि विशेषगरी बेलायतमा क्रियाशील संघ संस्थाका २ जना प्रतिनिधिहरु (अध्यक्ष-महासचिव वा संस्थाले तोकेको २ जना), एनआरएन यूके कार्यसमिति परिवार, राज्य समिति अध्यक्षहरु, विधानअनुसार गठित विभागीय प्रमुखहरु, एनआरएन यूके सल्लाहकारहरुलाई अनुरोध गरिएको गैरआवासीय नेपाली संघ यूके उपाध्यक्ष एवं संयोजक संघ संस्था समन्वय विभागकी रोजीना प्रधान राईले जानकारी दिइन् ।
एनआरएनए यूके एक महत्वपूर्ण र प्रभावकारी कार्यहरुमध्ये संघसंस्था प्रतिनिधिसभा (काउन्सिल मिटिङ) एक हो । विगतको प्रचलनअनुसार राष्ट्रिय समन्वय समितिअन्तर्गत गठित सामाजिक संघसंस्था विभागले यसको समन्वय र व्यवस्थापन गर्दछ ।
सरकारी मापदण्डअनुसार यो संख्यामा जमघट गर्न नमिल्ने हुँदा भर्चुअल्ली आयोजना गरिने योजना रहेको उल्लेख गर्दै राईले सरकारी नीतिमा परिवर्तन भए नि:सन्देह भौतिकरुपमा गर्ने समेत जानकारी दिइन् । सोमबारमात्रै प्रधानमन्त्री बोरिस जोन्सनले चार चरणमा लकडाउन खोल्ने घोषणा गरिसकेका छन् ।