जनगणनामा नेपाली पहिचान खुल्ने गरी सहभागी हुन एनआरएनए यूकेको अपील

SHARE:

लन्डन फागुन १४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले आगामी मार्च २१ मा बेलायतका विभिन्‍न राज्यमा हुने जनगणनामा नेपाली पहिचान खुल्ने गरी सहभागी हुन अनुरोध गरेको छ ।

पहिचान खुल्ने गरी सहभागी हुँदा बेलायतको नेपाली समुदायको वास्तविक तथ्यांक रहनुका साथै सामुदायिक अल्पसंख्यक नेपालीहरुलाई भविषयमा आफ्नो मातृभाषाको आधिकारिकता तथा सरकारले प्रदान गर्ने सेवा सुविधा लगायका विषयमा समेत प्रभाव पर्ने भन्दै एनआरएनए यूकेले त्यस्तो आग्रह गरेको हो ।

अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईले बिहीबार जनगणनामा सहभागिताको लागि अपील जारी गर्दै संयुक्त अधिराज्य बेायतको इंगल्यान्ड, वेल्स र नर्दन आयरल्यान्डमा आगामी मार्च २१ मा हुने जनगणना (Census 2021) मा पहिचान खुल्ने गरी सहभागि हुन बेलातवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध गरेका हुन् ।

एनआरएनए यूकेले सम्बन्धित राज्य परिषद्हरुको संयोजनमा विभिन्न नेपाली संघ संस्था तथा सरोकारवाला निकायहरुसँग सहकार्य गर्दै जनगणना सचेतना कार्यक्रमको अभियान सञ्‍चालन गरिरहेको जनाउँदै यो महत्वपूर्ण साझा अभियानमा बेलायतमा क्रियाशील नेपाली संघ संस्था, सामाजिक अभियन्ता, पत्रकारलगायत सम्पूर्ण सूचना सम्प्रेषण तथा आवश्यक सहयोग र सहकार्य गर्नका लागि अपीलमार्फत आह्वान गरिएको छ ।

बेलायत सरकारले सम्बन्धित राज्यमा बसोबास गर्ने जनताको विभिन्न सूचनाहरुसहितको तथ्यांक संकलन गर्दै हरेक १० वर्षमा एउटा आम सर्वेक्षणको रुपमा जनगणना गर्ने गर्दछ । यस्तो तथ्यांक संकलन गर्दा व्यक्तिगत विवरणको साथमा आफ्नो सामुदायिक पृष्ठभूमि (Ethnicity) सम्बन्धित प्रश्न पनि समावेश गरिएको हुने एनआरएनए यूकेले स्मरण समेत गराएको छ ।

एनआरएनए यूकेले विगतको (२०११) जनगणनामा समेत सेन्टर फर नेपाल स्टडिज यूके (सीएनएस यूके) को सहकार्यमा अभियान सञ्‍चालन गरेको थियो । तत्कालीन अवस्थामा आफ्नो लक्ष्य हासिल हुन नसके पनि अहिलेको जनगणनामा सबैको सहयोगले नेपालीको पहिचान स्थापनापित हुने पनि एनआरएनए यूकेले विश्वास व्यक्त गरेको छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!