कोरोना संक्रमणबाट चार भञ्ज्याङ तमु समाज यूकेका उपाध्यक्ष कृष्णबहादुर गुरुङको निधन

SHARE:

लन्डन फागुन १८ ।

गोर्खा सैनिक एवम् चार भञ्ज्याङ तमु समाज यूकेका उपाध्यक्ष कृष्णबहादुर गुरुङको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

चितवन भरतपुर स्थायी घर भई हाल परिवारसहित फेल्टाम यूकेमा बसोबास गर्दै आएका ५९ वर्षीय गुरुङको हिलिङडन हस्पिटलमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु निधन भएको तमु धिं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङले जानकारी दिएका छन् । उनी चार भञ्ज्याङ तमु समाज यूकेको स्थापनाकालदेखि नै समाजको उन्नती प्रगतिका लागि सकृय भूमिका निर्वाह गर्दै आएका थिए ।

यूकेको सयौं जातीय क्षेत्रीय संघ संस्थाहरूमध्ये चार भञ्ज्याङ तमु समाज यूके अहिले जुन उचाईमा छ त्यसका लागि स्वर्गीय कृष्णबहादुरको महत्वपूर्ण योगदान ज्ञाम गुरुङले स्मरण गरेका छन् । तत्कालीन कार्यसमितीको बिशेष अनुरोधमा दुई पटक (६ वर्ष) सम्म समाजको कोषाध्यक्ष पदको जिम्मेवारी ग्रहण गरेका थिए ।

तमुधीं युके लगायत युकेका अरू धेरै संघ संस्थाहरूमा आबद्ध भएर सहयोग गरिरहेका थिए । उनी बिशेषत बिसिसि लन्डन ब्रान्चमा प्रोपर्टी म्यानेजरको अभिभारा लिएर सकृय थिए भने युके-नेपाल ब्याडमिन्टन एशोसियसनका संयोजक साथै हन्स्लो नेपाली समाजका सल्लाहाकार समेत थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!