लण्डन फागुन २० ।
तमु प्ये ल्हु संघ यूकेद्वारा राष्ट्रिय जनगणनाबारे विशेष जानकारी दिन भर्चुअल कार्यक्रम आयोजना गरेको छ ।
आगामी मार्च २१ तारिख २०२१ युकेमा सम्पन्न हुन गइरहेको राष्ट्रिय जनगणनाबारे विशेष जानकारी दिनको लागी मार्च ६ तारिख बेलुका ६ देखी ८ बजेसम्म भर्चुअल कार्यक्रम राखिएको अध्यक्ष मे खुशीमान ल्हेंगे तमु एमभिओले जानकारी दिए ।
उनले Zoom ID :8243405889 र Password: tplsuk मा लगिन गरेर सहभागी हुन आग्रह गरेका छन् ।