बेलायतका लागि नेपाली राजदुत रेग्मी अक्टोवर २४ मा नेपाल फर्कने

SHARE:

लण्डन असोज १७ ।

बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी अक्टोवर २४ मा नेपाल फर्कने भएका छन् ।

बेलायतका लागि नेपाली राजदुतका रुपमा चार वर्षका लागि नियुक्त भएको भए पनि नेपाल सरकारको २१ सेप्टेम्बरमा बसेको मन्त्री परिषद्को बैठकले पूर्ववर्ती सरकारका पालामा राजनीतिक नियुक्ति पाएका सबै राजदुतहरुलाई फिर्ता गर्ने निर्णय गरेपछि रेग्मी नेपाल फर्कन लागेका हुन् । स्याङजा समाज युकेले शनिबार अल्डरसटमा आयोजना गरेको दशैँतिहार कार्यक्रममा सरिक हुँदै राजदुत रेग्मीले अक्टोर २४ मा नेपाल फर्कन लागेको बताएका हुन् ।

गृह र अर्थ मन्त्रालय जस्ता महत्वपूर्ण मन्त्रालयका सचिव सम्हालिसकेका रेग्मी राजदुत नियुक्त हुनुपूर्व नेपाल सरकारका मुख्यसचिव थिए । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ माघ ५ गते बेलायतका लागि नेपाली राजदुतका रुपमा नियुक्त गरेकी थिइन् । रेग्मी गत मार्च १ तारिखमा बेलायत आई पदबहाली गरेका थिए । सरकारका निर्णयका कारण एक वर्षभन्दा पनि कम समयमा नै उनी नेपाल फर्कन लागेका छन् ।

रेग्मीको फिर्तीपछि लण्डनस्थित नेपालको सबैभन्दा पुरानो राजदुताबास राजदुतविहीन हुने भएको छ । राजदुत नियुक्ति सम्बन्धी प्रावधानका कारण नयाँ राजदुतको नियुक्ति बेलायत आइपुग्न भने अब केही महिना पर्खनुपर्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!