लन्डन अक्टोबर ७ । सहारा यूकेका महासचिव एवं समाजसेवी धनु पुरन थकालीको निधन भएको छ । ५१ वर्षीय थकालीको अल्डरसटस्थित आफ्नै निवासमा बिहीबार बिहान निधन भएको सहारा यूकेका अध्यक्ष कुमार गुरुङले जानकारी दिए । गुरुङका अनुसार थकाली केही महिनादेखि अस्वस्थ भएपछि निवासमै स्वास्थ्य लाभ गरिरहेका थिए ।
थकालीको पुर्ख्यौली घर मुस्ताङको थाक स्याङ्ग गाउँ हो ।
सहारा यूके, मातृभूमि नेपाल र नेपालीका लागि अति सहयोग र सक्रिय थकालीको निधनबाट सहारा यूके परिवार स्तब्ध भएको अध्यक्ष गुरुङले प्रारम्भिक प्रतिक्रिया जनाएका छन् ।






