लन्डन अक्टोबर १२ । मर्दी खोला समाज यूकेलाई च्यारिटीमा दर्ता गरिने भएको छ ।
यही अक्टोबर १० तारिख २०२१ मा माइतीघर रेस्टुरेन्टमा बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले समाजलाई च्यारिटीमा दर्ता गराउने निर्णय गरेको हो । अध्यक्ष चन्द्रसिंह गुरूङको अध्यक्षता र महासचिव मिलन गुरूङले सञ्चालन गरेको बैठकले आगामी देउसी भैलो, वार्षिक भेलाको निर्णय पनि गरेको छ । आगामी देउसी भैलो भाइबरद्वारा नै प्रसारण गर्ने र वार्षिक भेला कार्यक्रम २१ या २७ मे २०२२ मा Tomlinscote hall मा गर्ने निर्णय पनि लिइएको छ ।
बैठकमा समाजका अध्यक्ष तथा आमा समूहका अध्यक्षहरूबाट पानसमा दियो बालेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । बैठकमा समाजका उपाध्यक्षबाट स्वागत मन्तव्य तथा बड़ा दसैंको शुभकामना सन्देश व्यक्त गरिएको थियो ।
यस्तै आमा समूहद्वारा नयाँ कार्यसमितिका सदस्यहरुलाई स्वागत र निवर्तमान अध्यक्षहरूलाई बिदाइ गर्दै भांग्रा, पछ्यौरी, फूल र खादाले सम्मान गरिएको थियो । साथै अध्यक्षहरूबाट समाजका आमा समूहलाई सहयोग प्रदान भएको थियो ।
समाजका अध्यक्ष चन्द्रसिंह गुरूङबाट – £351,आमा समूहका अध्यक्ष पवित्र गुरूङबाट – £205, निवर्तमान आमा समूहका अध्यक्ष जगनकुमारी गुरुङबाट- £200, समाजका सल्लाहकार हर्कबहादुर गुरुङबाट रू 50005 पातीखोला गुफा संरक्षणको लागि सहयोग गरिएको थियो । २३ जना उपस्थिति रहेको बैठक सौहार्दपूर्ण ढंगले अध्यक्षले समापन गरेका थिए ।