घान्द्रुक समाज यूकेद्वारा कोईबो धिं निर्माणका लागि सहयोग हस्तान्तरण

SHARE:

नारायण सिंह गुरुङ
लन्डन अक्टोबर १९ । कुनै पनि धार्मिक तथा सामाजिक कार्यहरु सम्पादन गर्न मानिसहरू जम्मा हुने घरलाई कोइबो धिं भनेर चिन्दछन् । जनमानसमा अचेल यो शब्द वोन धर्म मान्ने गुरुङहरुसँग निकटताको दृष्टिकोणले परिचित छ । पर्यटकीय गाउँ घान्द्रुकमा वोनमार्गी, बुद्धमार्गी, न्यून संख्यामा हिन्दु धर्ममार्गीहरू बसोबास गर्छन् । बुद्धधर्म मान्नेहरूको लागि सामुदायिक रूपमा घरहरू नभए तापनि व्यक्तिगत रूपमा गुम्बाहरु छन् । सामाजिक घरहरू भने आजकल हरेक गाउँ वा साविकको वडाहरूमा बन्ने काम होडबाजी नै चलिरहेको छ तर धार्मिक तथा सामाजिक कार्य गर्ने कोईबो धिं भने अहिलेसम्म छैन । यही आवश्यकताको महसुस गरेर गत केही वर्षबाट बनाउने प्रयासहरू भने भइरहेको अवस्था थियो । अहिले आएर घान्द्रुक क्षेत्रमा बसोबास गर्ने तमु प्ये ल्हु संघले निर्माण समिति गठन गरेरै कोईबो धिं निर्माणको थालनी गर्ने भएको छ ।

घान्द्रुक समाज यूकेले घान्द्रुकमा बन्न लागेको कोईबो धिंलाई धर्म, संस्कृति र संस्कारको संरक्षण तथा विकासमात्र होइन पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटन विकासमा समेत टेवा पुग्ने एउटा गौरवको आयोजनाको रूपमा हेरेर सहयोग गर्ने निर्णय गरेको थियो । समितिले निर्णय गरेबमोजिम स्वेच्छाले संकलन कार्य अगाडि बढाएर रु १५,०८,४२५/- ( अक्षरमा पन्ध्र लाख आठ हजार चार सय पच्चीस रुपैयाँ) संकलन गर्न सफल भएको थियो । यतिमात्र होइन हाल यस समाजका निवर्तमान अध्यक्ष अर्जुन गुरुङ नेपालमा रहेको अवस्थामा अर्जुन गुरुङले नेपालमा पनि गैर वोनवादी दाज्यूभाइबाट पनि झण्डै ३,४ लाख रुपैयाँ संकलन गरेर यी सबै संकलित सहयोग रकमलाई गत झण्डै दुई हप्ता अगाडि पोखरास्थित लेकसाईडको एउटा रेस्टुरेन्टको हलमा हस्तान्तरण गरेको छ ।

सहयोग हस्तान्तरण समारोहमा तमु प्ये ल्हु संघ केन्द्रीय निवर्तमान अध्यक्ष तथा हालको कोईबो धिं निर्माणको अर्थ संकलन समितिको संयोजक रिटायर्ड क्या. रूपबहादुर गुरुङ, तमु प्ये ल्हु संघ घान्द्रुक ईकाइको अध्यक्ष प्रेम गुरुङ, समाजसेवी क्षेत्रबहादुर गुरुङ, कार्यक्रम संचालक युवा नेता राजबहादुर गुरुङ, अर्जुन गुरुङ, रिटायर्ड मेजर प्रेमबहादुर थापा, रिटायर्ड क्या. भुवान सिंह गुरुङ, रिटायर्ड क्या. कमल गुरुङ, रिटायर्ड मेजर ललितबहादुर गुरुङ, सुमनबहादुर गुरुङ, पृथ्वीमान गुरुङ, पोखरा फाइनान्स कम्पनीको व्यवस्थापक बुद्धिलक्ष्मी गुरुङ, सराङकोट गुम्बाको प्रमुख लामा गुप्ति गुरुङ, समाज सेवी कृष्ण गुरुङ, कुलप्रसाद गुरुङ, रक्षबहादुर गुरुङ र अरू धेरै भद्र भलाद्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । अर्जुन गुरुङको सभापतित्वमा बसेको कार्यक्रमलाई राजबहादुर गुरुङले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!