सहारा यूकेका अध्यक्ष गुरूङलाई ‘आदर्श तमु’ अवार्ड

SHARE:

लन्डन अक्टोबर २४ । सहारा यूकेका अध्यक्ष कुमार गुरूङ ‘आदर्श तमु’अवार्डबाट सम्मानित भएका छन् । तमु धिं यूकेको परोपकारी कार्यक्रममध्ये हरेक वर्ष आयोजना हुने ‘च्यारिटी डिनर नाइट’को भव्य समारोहमा शनिबर अध्यक्ष गुरूङलाई आदर्श तमु अवार्डबाट सम्मान गरिएको छ । उनी विगत ७ वर्ष देखि निरन्तर तमु धिंको सल्लाहाकारको भूमिकामा छन् भने २००७ देखि २०१४ सम्म कार्य समिति सदस्यको भूमिकामा रहेका थिए ।

सन २००७ बाट तमुधिं मार्फत समाजमा दिएको उल्लेख्य योगदानसँगै संस्थाको सर्वोपरिताका १५ वर्षदेखि निरन्तर योगदानको कदरस्वरुप अध्यक्ष गुरूङलाई सम्मान गरिएको तमु धिंले जनाएको छ ।

१७ जुन २०६९ मा वुबा काजीमान र आमा गंगा गुरुङको कोखबाट हङकङमा जन्मिएका उनको पुर्ख्यौली घर कास्कीको धम्पुस हो । सन् २०१९ बाट सहारा युकेको अध्यक्षमा पदासिन गुरूङ बेलायती सेनाबाट ‘फर्ष्ट रोयल गोर्खा राइफल’बाट ‘कलर सर्जेन्ट’ रेन्कमा सन् २००७ जनवरीमा अवकास भएका थिए । सेनाबाट अवकाश भएसँगै उनी तमुधिंबाट सामाजिक सेवाको यात्राको थालनी गरेका थिए ।

तमुधिंले आयोजना गर्ने गोर्खा कप, नेपाली मेला, च्यारिटी डिनर कार्यक्रम, ल्होसार महोत्सवलगायतका महत्वपूर्ण कार्यक्रमहरुमा गुरूङको संलग्ननतासँगै ती कार्यक्रमहरुको सफलताका लागि महत्वपूर्ण योगदान दिएको तमु धिंका अध्यक्ष हितकाजी गुरूङले बताए । यस्तै सहारा यूके कार्यसमिति सदस्य योगेश गुरुङ पनि सम्मानित भएका छन्

बेलायतस्थित नेपाली राजदूतावासकी काउन्सिलर/डिसिएम तथा प्रवक्ता रोशन खनाल, तमु धिंका अध्यक्ष हितकाजी गुरूङले अध्यक्ष कुमार गुरूङ र सदस्य योगेश गुरुङलाई सम्मान गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!