तमुधिँ युकेको वार्षिक रात्रिभोज सम्पन्न

SHARE:

लण्डन कात्तिक ७ ।

तमुधिँ युकेको वार्षिक रात्रिभोज अल्डरसटमा सम्पन्न भएको छ ।अध्यक्ष हितकाजी गुरुङ,संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ कार्यक्रमकी प्रमुख अतिथि नेपाली दुताबास लण्डनकी उपनियोग प्रमुख श्रीमती रोशन खनालले द्वीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा तमुधिँ युकेले वर्षेनी प्रदान गर्ने गरेको ‘आदर्श तमु’ अवार्डबाट यस वर्ष पोखरा महानगरपालिका २२, कलबङ घडेरी घर भई हाल रेडिंगमा बसोबासरत यशोधा गुरुङ, पर्बत ठानामौला स्थायी घर भई हाल फार्नबोरोमा बसोबासरत टेक बहादुर गुरुङ,पर्बत चित्रे मूल घर भई हाल अल्डरसट बस्ने धनबहादुर गुरुङ, कास्की धम्पुस हाल पुर्ख्यौली घर भई हाल फार्नबोरो बस्ने सहारा युकेका अध्यक्ष कुमार गुरुङ र पोखरा महानगरपालिका २२ भुम्दी घर भई हाल प्लमस्टिड बस्ने योगेश गुरुङलाई सम्मान गरिएको छ ।

उनिहरुलाई पुष्पगुच्छा, खादा , प्रसंशा पत्रबाट अध्यक्ष हितकाजी गुरुङ, उपनियोग प्रमुख रोशन खनाल, आमा समूहकी अध्यक्ष सीता मन्जु गुरुङले प्रदान गरेकी थिइन् । कार्यक्रममा तमुधिँ युकेको स्थापना कालदेखि अहिलेसम्मका गतिबिधिहरु समेटिएको वृतचित्र पनि देखाइएको थियो । यसैगरी यस वर्ष तमुधिँ युकेको आजिवन सदस्य बनेका सदस्यहरुलाई तमुधिँ युकेको लोगो अंकित ब्याज, आजिवन सदस्यता प्रमाण पत्र, खादा र पुष्पगुच्छा पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा आमा समूहबाट राफल ड्र सञ्चालन गरी १ हजार ५९२ पाउण्ड संकलन गरिएको थियो । राफल ड्रको पहिलो पुरस्कार न्यू लक्ष्मी ज्वेलेर्सले प्रायोजन गरेको १ तोलाको सुन आमा समूहकी उपाध्यक्ष सन्ध्या गुरुङले हात परिन् भने आमा समूहले नै नगद तथा १० भन्दा बढी पुरस्कारहरु प्रायोजन गरेको थियो । आमा समूहबाट सिरुबारी दरौ थाप्ले भ्यू टावरको लागि १ हजार १ पाउण्ड सहयोग गरिएको थियो ।

कार्यक्रममा बुद्धिष्ट कम्युनिटी सेन्टर युकेबाट २०० पाउण्ड र बुद्धष्ट गुम्बा रेडिंगबाट ५०१ पाउण्ड तमुधिँ युकेलाई सहयोग हस्तान्तरण गरिएको थियो । आमा समूहकी सक्रिय सदस्य लिडिया गुरुङ र तमुधिँ युकेका आजीवन सदस्य लालक़ाज़ी गुरुङको २५ औं वैवाहिक वार्षिकोत्सवको उपलक्ष्यमा २०० पाउण्ड सहयोग गरेकी थिइन् भने तमुधिँ युकेका सल्लाहकार नन्दकुमारी गुरुङको कविता र घाचोक गाऊँको म्युजिक भिडियोको विमोचन पनि गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष हितकाजी गुरुङले प्रमुख अतिथि नेपाली दुताबासका उपनियोग प्रमुख रोशन खनाललाई धन्यवाद दिँदै तमुधिँ युकेका सदस्यहरुलाई पनि उपस्थितिका लागि आभार व्यक्त गरे । उनले आदर्श तमु अवार्ड पाउनेहरुलाई बधाई तथा शुभकामना दिँदै कोभिडका कारण मृत्यु भएका संस्था र ब्यक्तिगत तर्फबाट शोक ब्यक्त गरे ।

चालीसभन्दा बढी संस्थाहरुले रात्रिभोजमा आ-आफ्नो टेबल अग्रिम बुक गरेका थिए । कार्यक्रममा तमुधिँ युकेका संस्थापकहरु र हालको कार्यसमितिको परिचय गराइएको थियो । कार्यक्रममा स्वागत भाषण वरिस्ट उपाध्यक्ष हरि गुरुङले गरेका थिए भने धन्यवाद ज्ञापन कार्यक्रमका संयोजक तथा उपाध्यक्ष तुलाराम गुरुङले गरेका थिए । महासचिव परशुराम गुरुङले शुरुको सत्र संचालन गरेका थिए भने दोस्रोसत्रमा कलाकालहरु रशना गुरुङ, सपन राई, शर्मिला बर्देवाले गीत गाएका थिए भने रत्न गुरुङले नृत्य गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!