बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच फोनवार्ता

SHARE:

लन्डन अक्टोबर २९ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन र चिनियाँ राष्ट्रपति सि चिन पिङबीच कुराकानी भएको छ । आसन्न कोप–२६ को पूर्वसन्ध्यामा दुई प्रभावशाली मुलुकका शीर्ष नेताहरू बीचमा टेलिफोनमा कुराकानी भएको हो ।

उहाँहरूबीचमा जलवायु परिवर्तन र त्यसका असरहरू न्युनिकरण गर्न ठोस कदम चाल्नु पर्ने विषयमा कुराकानी भएको जनाइएको छ । विश्व व्यापार तथा आर्थिक सहकार्य, सुरक्षा, मानव अधिकारलगायतका विषयमा पनि दुई शीर्ष नेताले छलफल गर्नु भएको थियो ।

प्रधानमन्त्री जोनसोनको सचिवालयद्वारा जारी वक्तव्यमा चिनियाँ राष्ट्रपति सम्मेलनमा भौतिक रुपमा सहभागी नहुने भएकाले उहाँहरुका बीचमा फोनमा कुराकानी भएको उल्लेख गरिएको छ । बेलायतकै आयोजनामा आगामी आइतवारदेखि ग्लासगोमा दुई हप्ते शिखर सम्मेलन हुन लागेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!