बेलायतले नेपाल सहित सबै देशलाई रेड लिष्टबाट हटायो

SHARE:

लण्डन कात्तिक १३ ।

बेलायतले नेपाल सहित सबै देशलाई रेड लिष्टबाट हटाएको छ ।

नोभेम्बर १ देखि बेलायतको रेड लिष्टमा कुनै पनि मुलुक नरहने बेलायतको यातायात मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा बेलायतको रेड लिष्टमा कोलम्बिया, डोमिनिक रिपब्लिक,इक्वेडोर, हाइटी, पनामा, पेरु र भेनेजुयला रहेका थिए । तर अब ती मुलुकहरु पनि रेड लिष्टबाट हटेका छन् ।

रेड लिष्टमा रहेका मुलुकहरुबाट बेलायत आउने यात्रुहरुले महंगो शुल्क तिरेर होटल क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यता थियो । मन्त्रालयले होटल क्वारेन्टाइनको प्रावधान भने खारेज भइनसकेको प्रष्ट गरेको छ । हरेक तीनरतीन सातामा कोभिड सम्बन्धित तथ्याङ्कको पुनरावलोकन गरिने र आवश्यक परे रेड लिष्टमा पुनस् राख्न सकिने बताएको छ ।

यसैगरी नेपालको कोभिड खोपलाई पनि बेलायतले नोभेम्बर १ देखि मान्यता दिने भएको छ । जसबाट दुवै डोज खोप लगाएकाहरुलाई बेलायत आएपछि १० दिन घरमै क्वारेन्टाइनमा बसिरहनु पर्ने छैन । यसैगरी, दोस्रो र आठौँ दिन पिसीआर टेष्ट गरिरहनु पर्ने अनिवार्य छैन । बेलायत आएपछि दोस्रो दिनमा ल्याटरल फ्लो टेष्ट वा पीसीआर गरे तथा प्यासेन्जर लोकेटर फर्म मात्र भरे पुग्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!