ग्रेटर रसमुर नेप्लीज कम्युनिटीको अध्यक्षमा मान गुरुङ निर्वाचित

SHARE:

लन्डन अक्टोबर ३० । ग्रेटर रसमुर नेप्लीज कम्युनिटीको अध्यक्षमा मान गुरुङ निर्वाचित भएका छन् ।

शनिबार भएको १० औं महाधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । यो नयाँ कमिटीको कार्यकाल २०२१-२०२३ रहने छ । अध्यक्षमा निर्वाचित गुरुङ गोरखाली समाज यूकेको पूर्वमहासचिव, गोरखा जिल्ला गुरुङ समाज यूकेको पूर्वमहासचिव, तमुधिं यूकेको आजीवन सदस्य हुन् ।

यस्तै अधिवेशनबाट ४ उपाध्यक्षमा मैया डंगोल केसी, प्रमिला लाबुङ राई, लीला सेलिङ माबो, उत्तरबहादुर गुरुङ निर्वाचित भए भने महासचिवमा हरिबहादुर गुरुङ, कोषाध्यषमा चन्दन गुरुङ निर्वाचित भएका छन् ।

सदस्यहरुमा जुमकाजी गुरुङ र हेमकुमार गुरुङ चयन भएको निर्वाचन समितिले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!