कविता: माटोको घैंटो: जित बुढाथोकी छन्त्याल

SHARE:

जित बुढाथोकी छन्त्याल

कविता: माटोको घैंटो

एउटा
माटोको घैंटो
निस्कने साँघुरो बाटो
घैंटोभित्र अनेकौं
जीव जीवाणु र बीजाणु
जन्मन्छ त्यहीं र मर्छ त्यहीं
देह सडेर बन्छ माटो
त्यो साँघुरो बाटोबाट
निस्कन्छ त केवल प्राण।

अनि
वैतरणी नदी पार गर्दै
तर्छन् रे एउटा साँघु
भेटिन्छन् रे दरगाह
जहाँ पाइन्छ रे पाप र धर्मको परिणाम
स्वर्ग वा नर्क जाने सिफारिश।

आखिर
ती माटोका घैंटोभित्रका
जीव जीवाणु र बीजाणु सबैले
पाउने पञ्चतत्त्व समान
तर सबैभन्दा असन्तुष्ट मानुष।

लोभ ईर्ष्या अहंकार र स्वार्थले
भरिपुर्ण प्राणी मानुष।

तैपनी
अन्य जीव जीवाणु र बीजाणुले
भनोस् की नभनोस्
घैंटोभित्रकै सर्वश्रेष्ठ प्राणी
आफै हुँ भन्छ मानुष।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!