लन्डन डिसेम्बर ८ । मिडल्यान्डको नटिङहमस्थित नेपाली समाज नटिङहमको अध्यक्षमा रविन्द्र शर्मा निर्वाचित भएका छन् ।
सोमबार भएको निर्वाचनबाट १ सय २२ मत प्राप्त गरी शर्मा अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा अर्का प्रतिस्पर्धी निवर्तमान कार्यसमितिका उपाध्यक्ष राम पन्थीले १ सय २ मत प्राप्त गरे । अध्यक्षमा बनेका शर्मा यसअघि महासचिव थिए ।
मतदानमा कुल २ सय २४ सदस्यले भाग लिएका थिए । त्यस्तै, समाजको दुई उपाध्यक्षमा मुकुन्दहरि खराल र गंगा ढकाल निर्वाचित बने । उनीहरुले क्रमश: २ सय ४ र १ सय ११९ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी गणेश सापकोटाले १ सय १७ मत ल्याए । ।
अध्यक्ष र उपाध्यक्षबाहेक अन्य सबै पदमा भने निर्विरोध भएको थियो । जसअनुसार महासचिवमा लोकनाथ अधिकारी, सचिवमा उपेन्द्र सापकोटा, कोषाध्यक्षमा विरेन्द्र (रेशम) खड्का र सहकोषाध्यक्षमा रविन्द्र गिरी चुनिएका छन् ।
सदस्यहरुमा आँचल सापकोटा, विशाल प्रसाद, कमल प्रसाद खरेल, विवेक खाती क्षेत्री, विकास सापकोटा, ओम प्रकाश शर्मा, शेषकान्त सापकोटा, केशव इश्वरी कंडेल, रेशम खत्री, अर्जुन सापकोटा र दुर्गा भुषाल चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिको घोषणासंगै निर्वाचन समितिका प्रमुख एनआरएनएनए यूके उपाध्यक्ष गोविन्द खरेलले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए । समाजका पूर्वअध्यक्ष समेत रहेका खरेलको संयोजकत्वमा पूर्व अध्यक्षत्रय रण केसी, प्रविन पाण्डे र विष्णु चालिसे सदस्य रहेको निर्वाचन समितिले निर्वाचन गराएको थियो । नवनिर्वाचित कार्यसमितिलाई समाजका पूर्व अध्यक्षहरु रणबहादुर केसी र तारा भण्डारी, पूर्व उपाध्यक्ष कृष्ण खरेल र शम्भु अर्याल, पूर्व संरक्षक लालबहादुर थापा, महिला फाउन्डेसनका तर्फबाट अध्यक्ष कल्पना गुरुङ र कोषाध्यक्ष विष्णु खरेल तथा पूर्व अध्यक्षहरु अर्चना हमाल र गीता भट्टराईलगायतले बधाई तथा शुभकामना दिएका थिए ।
नवनियुक्त अध्यक्ष रविन्द्र शर्माले आफूलाई मतदान गरी संस्थाको नेतृत्व सुम्पिने सदस्य एवम् अग्रजहरुलाई धन्यवाद दिएका छन् । आफूले सबैलाई समेटेर समाजलाई थप उचाइमा पुर्याउने गरी काम गर्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन् ।