आइसीसी निर्वाचनमा बेलायतबाट उम्मेदवारी दिएकालाई जिताउन एनआरएनए युकेको अपिल

SHARE:

लण्डन १२ अक्टुबर २०२३ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी निर्वाचनका विभिन्न पदमा उम्मेद्वारी दिने बेलायतका उम्मेदवारलाई जिताउन एनआरएनए यूकेले अपील गरेको छ ।

मंगलबार साँझ यूकेका आइसीसी उम्मेद्वारहरुसंग गरिएको भर्चुअल अन्तरक्रियामा उनीहरुको पक्षमा एनआरएनए यूकेको पूर्ण साथको प्रतिवद्धतासमेत गरिएको छ । कार्यक्रममा एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङले बेलायतका उम्मेद्वारहरुको निर्वाचन यहाँको सिंगो समुदायको प्रतिष्ठासँग जोडिएको बताए ।

‘आइसीसीमा उम्मेद्वारी दिने बेलायतका सबै उम्मेद्वारलाई जिताउनु यहाँका सबै डेलिगेटको कर्तव्य हो’, उनले भने, ‘हाम्रो ठाउँबाट प्रतिस्पर्धा गर्ने सबैलाई साथ, सहयोग दिन म सबैलाई आव्हान गर्दछु ।’

बेलायतबाट एकै पदमा धेरै जनाको उम्मेद्वारी पर्नु हुँदैन भन्ने संस्थाको लाइन स्पष्ट गर्दै उनले सबैलाई सहयोग गर्न सकिने अवस्था बन्नुपर्ने उल्लेख गरे । सो अवसरमा आइसीसीका विभिन पदमा उम्मेद्वारी दिने तयारीमा रहेका आकांक्षीहरुले आ-आफ्ना धारणा राख्दै होम कन्ट्री बेलायतबाट ठूलो सहयोग अपेक्षा राखेको बताए ।

यसपटक आइसीसीमा बेलायतबाट विनय अधिकारी अध्यक्ष, डा. हेमराज शर्मा र रामशरण सिम्खडा उपाध्यक्ष, रोजिना प्रधान राई महिला उपाध्यक्ष, सोम सापकोटा उपमहासचिव, दयानिधि सापकोटा र राजेन्द्र पुडासैनी सचिव, महेश अधिकारी र शशांक शर्मा युरोप उपसंयोजक, प्रसुना कंडेल युरोप महिला संयोजक लगायतका उम्मेद्वारी घोषणा भएका छन् ।

अध्यक्ष हित काजी गुरुङको अध्यक्षतामा महासचिव गोविन्द शर्मा खरेलले सञ्चालन गरेको कार्यक्रममा एनआरएनए यूकेका डेलिगेट एवम् अभियन्ताहरुको सहभागिता थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!