मिलन तमु
मिचेट । तमुधिं युकेको निमन्त्रणामा नेपाली मेलाका लागि अमेरीकाबाट आएकी कलाकार तारा गुरुङको स्वागत तथा सम्मान गरिएको छ ।
गत सोमबार २७ अगस्टका दिन तमुधिं युकेको मिचेटस्थित भवनमा गुरुङ स्वागत, सम्मान र बिदाई समेत गरिएको हो । नेपाली मेलाको झाँकी तथा नृत्यतर्फको निर्णायक मण्डलको सदस्यको समेत जिम्मेवारी निभाएकी कलाकार गुरुङलाई तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ र आमा समूहकी अध्यक्ष प्रेमा गुरुङले खादा लगाई दिएका थिए ।
कार्यक्रममा कलाकार तारा गुरुङले आफूलाई नेपाली मेलामा आमन्त्रण गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिइन् । सो अवसरमा नेपाली मेलाका लागि नेपालबाट आएकी पुनम गुरुङलाई पनि खादा लगाई सम्मान गरिएको थियो । कार्यक्रममा तमुधिं युकेका उपाध्यक्ष नन्दजङ्ग गुरुङ, उपाध्यक्ष हित काजी गुरुङ, सल्लाहकारहरु क्याप्टेन राजु गुरुङ, भिम गुरुङ, जुमकाजी गुरुङ, कोलप्रसाद गुरुङ, ह्यमसायर सर्रेका अध्यक्ष उत्तर गुरुङ, महासचिव कृष्णप्रसाद गुरुङ, कोषाध्यक्ष दिपक गुरुङलगायतको विशेष उपस्थिति रहेको थियो ।
स्मरण रहोस् गत १४ देखि २१ अप्रिलसम्म तमुधिं युकेले गुरुङहरुको ऐतिहासिक स्थल क्होला सोंथार भ्रमणमा उनी पनि अमेरिकाबाट गएकी थिइन् ।






