ग्रेटर रश्मोर नेपाली ब्याडमिन्टन एसोसिएसनमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा दीपचन राई

SHARE:

अल्डरसट, बेलायत । ग्रेटर रश्मोर नेपाली ब्याडमिन्टन एसोसिएसन (जीआरएनबीए) को अध्यक्षमा दीपचन राई चयन भएका छन् ।

अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा २२ अगस्ट २०२६मा भएको सदस्यहरूबीचको खेलकुद कार्यक्रम तथा साधारण निर्वाचनबाट दीपचनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमिति उपाध्यक्षमा निर्मल श्रीष, महासचिव सञ्जय तामाङ, कोषाध्यक्ष दिनेश राई र मिडिया तथा सहायक महासचिवमा पासाङ शेर्पा चयन भएका छन् ।

जीआरएनबीएका सदस्यहरूबीचको मैत्रीपूर्ण खेल ग्यारिसन स्पोर्ट्स सेन्टर अल्डरसटमा आयोजना गरिएको थियो । खेलकुद कार्यक्रमपछि क्लबको आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयनका लागि साधारण निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन प्रक्रियालाई निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन निर्वाचन समितिमा एफसीएम मोहन गुरुङ संयोजक, सल्लाहकार कृष्ण गुरुङ र खेम लिम्बू सदस्य रहेका थिए ।

नवनिर्वाचित कार्यसमितिले क्लबलाई अझ व्यवस्थित, सक्रिय, मैत्रीपूर्ण र सबै सदस्यका लागि रमाइलो तथा समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी दिनमा मैत्रीपूर्ण खेल, प्रतियोगिता तथा विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गर्दै सदस्यहरूबीचको आपसी सम्बन्ध र सहभागितालाई थप मजबुत बनाउने योजना रहेको जनाइएको छ ।

नयाँ कार्यसमितिले निर्वाचन सफल बनाउन सहयोग गर्ने निर्वाचन समिति, सहभागी सदस्यहरू तथा क्लबलाई निरन्तर साथ, सहयोग र उत्साह प्रदान गर्ने सम्पूर्ण सदस्यहरूप्रति धन्यवाद व्यक्त गरेको छ ।

नवनिर्वाचित कार्यसमितिले सबै सदस्यहरूबाट प्राप्त हुने सुझाव, सल्लाह र रचनात्मक विचारलाई स्वागत गर्दै आगामी दुई वर्षमा जीआरएनबीएलाई अझ सशक्त र सफल क्लबका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!