इङ्ल्यान्ड युरो कप-२०२४ को फाइनलमा प्रवेश

SHARE:

काठमाडौं ११ जुलाई २०२४ । नेदरल्यान्ड्सलाई पराजित गर्दै इङ्ल्यान्ड युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । बुधबार राति डर्टमुण्डमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्डले २-१ गोलले नेदरल्यान्ड्सलाई पराजित गर्दै आफ्नो फाइनल यात्रा पक्का गरेको हो ।

जाभी सिमोन्सले सातौं मिनेटमै नेदरल्यान्ड्स लाई खेलमा अग्रता दिलाएका थिए । इंग्लिश मिडफिल्डर डेकलान राइसको खुट्टाबाट बल खोसेर बक्सको छेउबाट शक्तिशाली प्रहारमा गोल गर्दै सिमोन्सले डच टोलीलाई अग्रता दिलाएका थिए । इङ्ल्यान्डले १८औं मिनेटमा पेनाल्टीमार्फत खेलमा बराबरी गर्यो । डेन्जेल डम्फ्रिजले ह्यारी केन माथि बक्समा फाउल गरेपछि पाएको पेनाल्टीमा केनले नै गोल गर्दै खेल बराबरी गरेका थिए ।

तर खेलको अन्तिम समयमा गोल गर्दै इङ्ल्यान्डले फाइनलमा स्थान पक्का गर्यो । ८१औं मिनेटमा मैदान प्रवेश गरेका दुई खेलाडीले गोलमा महत्वपूर्ण भूमिका खेले । कोल पालमरको पासमा ओली वाटकिन्सले उत्कृष्ट फिनिश गर्दै इङ्ल्यान्डलाई जित दिलाएका थिए । इङ्ल्यान्डले अब उपाधिका लागि स्पेन विरुद्ध खेल्नेछ ।

स्पेनले पहिलो सेमीफाइनलमा फ्रान्सविरुद्ध २-१ को जित निकालेको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!