नेपालमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु, जाँचबुझ आयोग गठन

SHARE:


काठमाडौँ ७ अगस्ट २०२४ । एयर डाइनेस्टीको कल साइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँचजनाको मुत्यु भएको छ । बुधबार दिउँसो १:५४ बजे भक्तपुरको नलिन्चोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २:१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो ।

हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ (तीन पुरुष र एक महिला) नागरिकको मृत्यु भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मृत्यु हुनेमा पाइलट मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहेका छन् । दुर्घटनामा परी मृत्यु भएका मृतकहरुको शव सङ्कलन भई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याइएको प्राधिकरणले जनाएको छ

यसैबीच सरकारले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आज सिंहदरबारमा भएको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारकर्मीलाई जानकारी दिए । आयोगको सदस्यमा एरोनोटिकल इञ्जिनियर विष्णु बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव (प्राविधिक) तनुजा पोखरेल छन् । आयोगलाई ३० दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!