जोगीमणीकी केसरी तमु र याङ्गजाकोटको आमा समिति सम्मानित
हुम तमु
पोखरा । तमुधिं नेपाल केन्द्रीय आमा समितिको बुधवार पोखरामा पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ। पोखरा ९ नयाँबजारस्थित तमुधिं नेपालमा सम्पन्न वार्षिक साधारणसभामा आमा समितिलाई वर्षभरी विशेष योगदान पुर्याएको भन्दै जोगमणी तमु समाज आमा समितिकी अध्यक्ष ७७ वर्षीया केशरी तमु र याङ्गजाकोट तमु समाजको आमा समितिलाई उत्कृष्ठ आमा समितिबाट सम्मान गरिएको छ।

सम्मानित केशरी तमु र याङ्गजाकोट तमु समाजको आमा समितिलाई कार्यक्रमकी प्रमुख अतिथि तमुधिं नेपालकी अध्यक्ष तथा आमा समितिकी प्रमुख संरक्षक कर्म तमुले र आमा समितिकी अध्यक्ष हरिमाया तमुले सम्मानपत्रसहित सम्मान गरिएको हो। सम्मानित केशरी तमुले सम्मानका लागि धन्यवाद व्यक्त गर्नुहुदै तमुधिंको स्थापनादेखि नै आफु तमुधिंमा आवद्ध रहेको जानकारी दिइन् । तमुधिं स्थापनाको उद्धेश्य प्राप्तिका लागि तमुधिंसँगै आमा समिति क्रियाशील रहनु र आफु सम्मानित हुदा अत्यन्त गौरब लागेको बताइन् ।
याङ्गजाकोट तमु समाज आमा समितिकी सचिव आशकासी तमुले आमा समितिलाई धन्यवाद दिदै आमा समितिले तमु आमाहरुलाई आँखा देखाउने र हिडाउने कार्य गरिरहेको बताउनुभयो। उक्त असल अभियानमा आफुहरु क्रियाशील हुदाँ लगातार तीन वर्षसम्म उत्कृष्ठ आमा समुहको सम्मानसहित सर्वोत्कृष्टको उपाधि पाउदा अत्यन्तै खुशी भएको बताउनुभएको थियो।
उक्त कार्यक्रम नृत्य, गीत प्रस्तुत गर्ने आमा समितिका कलाकारहरुलाई समेत प्रसंसापत्र र खादाले सम्मान गरिएको थियो।
साधारणसभामा तमुधिं नेपाल केन्द्रीय आमा समितिकी महासचिव ऐनशोभा तमुले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष बालकुमारी तमुले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो। यसअघि कार्यक्रमकी प्रमुख अतिथि तमुधिं नेपालकी अध्यक्ष तथा आमा समितिकी प्रमुख संरक्षक कर्म तमुले दीप प्रज्वलन गरी वार्षिक साधारणसभाको उद्घाटन गरेका थिए ।
प्रमुख अतिथि तमुले शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै समाज रुपान्तरण, परिवर्तन र समृद्ध बनाउन आमाहरु क्रियाशील हुनुपर्ने बताए । आमाहरु नै पहिलो पाठशाला भएकाले सुसँस्कृत र सभ्य समाज निर्माण तथा विकृति विसंगति, विभेदकारीहरुलाई पन्छाउदै अघि आमाहरु नै सर्नुपर्ने भएकाले पहिचान, अधिकार र जनताका आवाज बुलन्द गर्न तमुवान—मगराँत संघर्ष समितिको आफु संयोजक बन्नुपरेको बताउनुभयो। आमाहरु सचेत, सक्षम, स्वावलम्बी र अन्यायका विरुद्ध एक भई अघि बढ्नुपर्छ भन्दै तमुधिं नेपाल केन्द्रीय आमा समिति आमाहरुलाई विभिन्न कार्यक्रमहरु मार्फत शसक्तीकरण अभियानमा जुट्दै तमुधिं नेपालको उपसमितिहरु मध्ये सबै भन्दा उत्कृष्ठ उपसमिति बन्न सकेको बताए । आमा समितिलाई प्रोत्साहन स्वरुप तमुधिंले वार्षिक पच्चिस हजार सहयोग गर्ने घोषणा गर्नुहुदै क्षेत्रीय समाजहरुले पाँच पाँच हजार सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा तमुधिं नेपालकी प्रथम उपाध्यक्ष सरस्वती तमु, क्षेत्रीय समाजका अध्यक्षहरु मध्ये फूलवारी तमु समाजका अध्यक्ष तिलबहादुर तमु, गोर्खाली रेडियोका स्टेशन मेनेजर खिमा तमुले शुभकामना व्यक्त गरेका थिए भने सहसचिव बालकुमारी तमुले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा याङ्गजाकोट तमु समाज आमा समितिका आमा कलाकारहरुले स्वागत गीत, कोल्माबहाकोट तमु समाजकी रचना तमु र धनु तमुले स्वागत नृत्य, स्टार्स स्टुडियोद्धारा आयोजित तीस वर्ष माथि उमेर समुहको सामुहिक नृत्यमा दोश्रो स्थान हासिल गरेको पैयुखोला तमु समाज आमा समितिले नृत्य, चिउली पार्चे तमु समाज आमा समितिले नृत्य, कोल्माबहोट तमु समाज आमा समितिद्धारा नृत्य, याङ्गजाकोट तमु समाज आमा समितिबाट नृत्य प्रस्तुति कार्यक्रम मनोरञ्जनात्मक बनेको थियो। उक्त कार्यक्रमका केन्द्रीय आमा समितिको सदस्यमा मनोनयन हुनुभएकी चिउली पाचेकी विष्णु तमुलाई स्वागत, मिलीजुली तमु समाजको हालै नवगठित आमा समितिलाई खादा लगाएर स्वागत पनि गरिएको थियो।
तमुधिं नेपाल केन्द्रीय आमा समितिकी अध्यक्ष हरिमाया तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव ऐनशोभा तमुले गर्नुभएको थियो भने कार्यक्रमका आमाहरुको बृहत सहभागीता रहेको थियो।






