शारीरिक रुपमा स्वस्थ तन्दुरुस्त र मानसिक रुपमा शान्ति र आनन्द प्राप्तिका लागि जीवनमा अनिवार्य रुपमा जोड्नु पर्ने व्यायाम एक हो । व्यायाम आप्mनो उमेर क्षमताअनुसार दिनमा कम्तीमा ३० मिनेटदेखि लिएर ९० मिनेटसम्म गर्नु पर्दछ । व्यायाम गर्नाले शरीरका विकारहरु पसिनाका रुपमा निस्कासन भई शरीर हल्का महसुस हुने गर्दछ ।
व्यायामले शरीर मोटोपन हुनबाट जोगाउँछ, आलास्यता हट्दछ । अनिद्राको समस्या पनि शारीरिक रोग र मानसिक समस्या निम्त्याउने गर्दछ । नियमित व्यायाम गर्नाले अनिद्राबाट छुट्कारा पाउन सकिन्छ । नियमित व्यायाम गर्नाले शरीरको पाचन प्रणाली बलियो बनाउने गर्दछ ।
अध्यात्मिक भाषामा भन्ने हो भने नियमित व्यायाम गर्नाले शरीरका सातैवटा चक्र क्रियाशील भई शरीरलाई रोग लाग्नबाट बचाउने गर्दछ ।
व्यायामपछि आराम
भौतिक शरीरलाई नभई नहुने एक आराम पनि हो । योग अभ्यासमा योगासन गरिसके पछि कम्तीमा ३० मिनेट जति शवासनमा गहन आराम गर्नु पर्दछ । यसलाई रिल्याक्ससेशन पनि भनिन्छ ।
व्यायामपछिको आराम एक किसिमको आनन्द प्राप्त हुन्छ । रिल्याक्सेशनमा सारा ध्यान शरीरमा केन्द्रित रहनु पर्दछ । यो समयमा शरीरले प्रकृतिको उर्जा खिच्दछ र शरीर हल्का महसुस भई स्वस्थ र आनन्द प्राप्त हुन्छ ।
शरीरलाई नभई नहुने निद्रा पनि हो । समग्रमा २४ घण्टामा ८ घण्टा अनिवार्य सुत्नु पर्दछ । निन्द्रामा गडबढ भएमा शारीरिक रोगभन्दा बढी मानसिक समस्या निम्त्याउने गर्दछ ।
अनिन्द्राको समस्या भएमा पनि नियमित व्यायाम गर्नाले अनिद्राबाट छुट्कारा पाउन सकिन्छ । स्वस्थ्य जीवन बाँच्नका लागि व्यायाम अनिवार्य गहन आराम, स्वस्थकर भोजन, प्राकृतिक जीवनशैली अपनाई स्वास्थ्य लाभ गर्न सकिन्छ ।