नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक घिसिङ पदमुक्त, देशभर विरोध

SHARE:


काठमाडौँ २५ मार्च २०२५ । नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।

मन्त्रिपरिषद्को २०८१ चैत ११ गते बसेको बैठकले ललितपुरका हितेन्द्रदेव शाक्यलाई उक्त पदमा नियुक्त गर्दै घिसिङलाई हटाउने निर्णय गरेको सञ्चार तथा सूचनाप्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यसैबीच प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सत्तारुढ दल कांग्रेसबाटै कुलमानलाई हटाउने निर्णयको विरोध भइरहेको छ । यसैबीच कुलमान हटाएको विरोधमा सरकारविरुद्ध मंगलबार काठमाडौंको माइतीघर र बानेश्वरमा विभिन्न समूहले प्रदर्शन गरेका छन् ।

उनीहरूले ‘कता हिँडेको ? बिजुली मारेर, कुलमान फालेर’, हामी जनता हेरेको हेर्यै, ‘सरकार जान्ने भो धेरै’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!