बेलायतमा शनिबार १२ औं पाँचथर कप, तयारी अन्तिम चरणमा

SHARE:

  • नगेन्द्र नेम्बाङ

लन्डन २ मे २०२५ । पाँचथर समाज सेवा यूकेको आयोजनामा बेलायतमा शनिबार ३ मेमा १२ औं पाँचथर कप हुँदैछ । लन्डनको हन्स्लोस्थित क्रानफोर्ड कम्युनिटी स्पोर्ट्स कलेज सेन्टरमा हुने
पाँचथर कप नाइन ए साइड फुटबल प्रतियोगिताका लागि ३३ टीम दर्ता भएको आयोजकले जनाएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको खेल संयोजक प्रताप तामाङले एभरेस्ट टाइम्सलाई जानकारी दिएका छन् ।

गत बुधबार सबै टीम क्याप्टेनलाई सहभागी गराइ भर्चुअल जुममार्फत टिम ड्र गरिएको थियो । खेल समय बिहान ९ देखि बेलुकी ७ बजेसम्म तोकिएको छ ।

सबै खेलाडी, कार्यसमिति संयोजक, बेलायतवासी खेलप्रेमीहरुलाई पाँचथर कपमा सहभागी हुन अध्यक्ष शान्ति लिम्बुले आग्रह गरेकी छन् । खेल सहसंयोजकमा योगेन्द्र तावा र सन्देश नेम्बाङ रहेका छन् । खेलमा मुख्य टिम (१७ वर्षमाथिका), भेट्रान (३७ वर्षमाथिका) र सुपर भेट्रान (४५ वर्षमाथिका)  टिमबीच प्रतिस्पर्धा हुने छ । आयोजकका अनुसार मुख्य टिमका विजेताले ट्रफी र १२ सय पाउन्ड, रनरअपले ट्रफी र ६ सय पाउन्ड पुरस्कार पाउनेछन् ।

भेट्रानका विजेताले ट्रफी र ८ सय पाउन्ड, रनरअपले ट्रफी र ५ सय पाउन्ड, सुपर भेट्रानका विजेता र रनरअपले क्रमश: ट्रफीसहित ६ सय र ४ सय पाउन्ड पुरस्कार पाउनेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!